YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 3:4-11

२ कोरिन्थी 3:4-11 NNRV

ख्रीष्‍टद्वारा परमेश्‍वरप्रति हाम्रो यस्‍तो भरोसा छ। कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्‍य छैनौं, तर हाम्रो योग्‍यता परमेश्‍वरबाट आउँछ। नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्‍यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्‍मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्‍माले जीवन दिनुहुन्‍छ। तर मृत्‍यु ल्‍याउने व्‍यवस्‍थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए। त्‍यो व्‍यवस्‍था यस्‍तो महिमामय भएर आयो, कि त्‍यसको तेजले गर्दा इस्राएलीहरूले मोशाको अनुहार हेर्न सकेनन्, यद्यपि त्‍यो तेज हराउँदै जाँदैथियो। पवित्र आत्‍माको सेवा कसरी अझ बढ़ी महिमामय नहोला? किनभने दोषी ठहराउने व्‍यवस्‍था महिमामय थियो भने, धर्मी ठहराउने सेवा ज्‍यादै बढ़ी महिमामय हुन्‍छ। किनभने जो एक पल्‍ट महिमामय थियो, अहिले त्‍यसलाई उछिन्‍ने महिमाले गर्दा अब त्‍यो महिमामय रहेन। किनकि जो बितेर गयो त्‍यो महिमासाथ आएको थियो भने, स्‍थायी रहनेचाहिँ अझ बढ़ी महिमापूर्ण हुनुपर्छ।