यसको केही समयपछि मोआबी, अम्मोनी र केही सेनानीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए। तिनलाई यो समाचार सुनाइयो कि एक ठूलो सैन्य-दल खारा समुद्र पारि एदोमबाट तिनको विरुद्धमा लड़ाइँ गर्न आइरहेछ, र हासेसोन-तामार, अर्थात् एन-गदीमा पुगिसकेको छ। यस्तो विपद्को समाचार सुनेर यहोशापातले परमप्रभुको अगुवाइ खोज्न अठोट गरे। तिनले सारा यहूदाभरि नै उपवास बस्नलाई घोषणा गरे। यहूदाका मानिसहरू परमेश्वरको सल्लाह माग्नलाई भेला भए। देशको हरेक सहरबाट तिनीहरू उहाँसित सल्लाह माग्न आए। यहूदा र यरूशलेमका सभाको सामुन्ने परमप्रभुका मन्दिरको नयाँ चोकको अगि खड़ा भएर यहोशापातले भने: “हे परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्वर, के तपाईं नै स्वर्गमा विराजमान हुनुहुने परमेश्वर हुनुहुन्न? तपाईं जाति-जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ। तपाईंकै हातमा शक्ति र बल छन्। तपाईंको सामना गर्ने कोही छैन। हे हाम्रा परमेश्वर, के तपाईंले नै आफ्नो प्रजा इस्राएलको सामुबाट यस देशका बासिन्दाहरूलाई धपाउनुभएको र आफ्ना मित्र अब्राहामका सन्तानलाई सदासर्वदाको निम्ति त्यो दिनुभएको होइन? तिनीहरू त्यसमा वास बसेका छन्, र तपाईंका नाउँको निम्ति यसो भनेर एउटा वासस्थान बनाएका छन्, ‘यदि विपत्ति हामीमाथि आइलाग्यो भने, अर्थात् न्यायको तरवार वा रूढ़ी वा अनिकाल पर्यो भने, हामी यस मन्दिरको अगि जहाँ तपाईंको नाउँ छ, र तपाईंको सामुन्ने खड़ा हुनेछौं। अनि हामी आफ्नो विपत्तिमा तपाईंलाई पुकार्नेछौं, र तपाईंले हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ’।
२ इतिहास 20 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 20:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू