YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 2:17-20

१ थेसलोनिकी 2:17-20 NNRV

किनकि भाइ हो, हृदयबाट होइन, तर आँखाको सोझो तिमीहरूसँग अल्‍प समयको निम्‍ति बिछोड भएका हुनाले, उत्‍कट इच्‍छाले तिमीहरूलाई आमनेसामने भेट गर्न उत्‍सुकतासाथ हामीले चेष्‍टा गर्‍यौं। किनकि हामी तिमीहरूकहाँ आउन खोजेका थियौं— म पावलचाहिँ बारम्‍बार आउन चाहें— तर शैतानले हामीलाई रोक्‍यो। हाम्रा प्रभु येशू जब आउनुहुन्‍छ, त्‍यस बेला उहाँको सामुन्‍ने हाम्रो आशा वा आनन्‍द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र? निश्‍चय हाम्रो गौरव र आनन्‍द तिमीहरू नै हौ।