आफ्ना हतियार बोक्नेलाई अगि लगाएर त्यो पलिश्ती दाऊद भएतिर बढ़्यो। त्यसले दाऊदलाई नियालेर हेर्यो, र राता-राता गाला भएका सुन्दर ठिटालाई देखेर तिनलाई घृणा गर्न लाग्यो। त्यसले दाऊदलाई भन्यो, “के म कुकुर हुँ, र लाठाहरू लिएर मसँग लड्न आउँछस्?” त्यसले आफ्ना देवताहरूका नाउँमा दाऊदलाई सराप्न लाग्यो। त्यसले भन्यो, “आइज, म तेरो मासु आकाशका चराहरू र जमिनका जनावरहरूलाई खान दिनेछु।” दाऊदले जवाफ दिए, “तँ त मसँग लड्न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्न तैंले विरोध गरेको इस्राएलका फौजहरूका परमेश्वर, सर्वशक्तिमान् परमप्रभुको नाउँमा आएको छु।
१ शमूएल 17 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 17:41-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू