YouVersion लोगो
खोज आइकन

१ शमूएल 17:41-45

१ शमूएल 17:41-45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आफ्‍ना हतियार बोक्‍नेलाई अगि लगाएर त्‍यो पलिश्‍ती दाऊद भएतिर बढ़्यो। त्‍यसले दाऊदलाई नियालेर हेर्‍यो, र राता-राता गाला भएका सुन्‍दर ठिटालाई देखेर तिनलाई घृणा गर्न लाग्‍यो। त्‍यसले दाऊदलाई भन्‍यो, “के म कुकुर हुँ, र लाठाहरू लिएर मसँग लड्‌न आउँछस्‌?” त्‍यसले आफ्‍ना देवताहरूका नाउँमा दाऊदलाई सराप्‍न लाग्‍यो। त्‍यसले भन्‍यो, “आइज, म तेरो मासु आकाशका चराहरू र जमिनका जनावरहरूलाई खान दिनेछु।” दाऊदले जवाफ दिए, “तँ त मसँग लड्‌न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्‌न तैंले विरोध गरेको इस्राएलका फौजहरूका परमेश्‍वर, सर्वशक्तिमान्‌ परमप्रभुको नाउँमा आएको छु।

शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्

१ शमूएल 17:41-45 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसै बेला त्यो पलिश्ती आफ्नो हतियार बोक्नेलाई अगि लगाएर दावीदको नजिकतिर अगि बढ्यो। त्यसले दावीदलाई नियालेर हेर्‍यो। अनि राता-राता गाला र हेर्नमा सुन्दर ठिटो देखेर तिनलाई अपमान गर्न लाग्यो। त्यसले दावीदलाई भन्यो, “के म कुकुर हुँ, र मकहाँ लहुरो लिएर आउँछस्?” अनि त्यस पलिश्तीले दावीदलाई आफ्नो देवताहरूको नाममा सराप्न थाल्यो। त्यसले भन्यो, “यहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जङ्गली जनावरहरूलाई खान दिनेछु।” तब दावीदले त्यस पलिश्तीलाई भने, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तेरो विरुद्धमा सेनाहरूका याहवेह, इस्राएलका सेनाहरूका परमेश्‍वरको नाममा आएको छु, जसलाई तैँले धम्की दिएको छस्।

शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्

१ शमूएल 17:41-45 पवित्र बाइबल (NERV)

पलिश्ती गोल्यत विस्तारै दाऊदकहाँ आयो। गोल्यतको सहायक अघि-अघि ढाल बोकेर हिंड्दै थियो। गोल्यतले दाऊदलाई हेर्यो र हाँस्यो। गोल्यतले सोच्यो यो सैनिक होइन, खालि सुन्दर र रातोवर्णको केटो हो। गोल्यतले दाऊदलाई भन्यो, “यो लौरो केको निम्ति हो? कुकुरलाई जस्तै मलाई खेद्न चाहन्छौ?” अनि गोल्यतले आफ्ना देवताहरूको नाउँ उच्चारण गरेर दाऊदलाई सराप्न थाल्यो। गोल्यतले दाऊदलाई भन्यो, “यता आइज, म तेरो मासु चराहरू र जंगली जनावरहरूलाई खुवाउँनेछु।” दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।

शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्

१ शमूएल 17:41-45 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

आफ्‍नो ढाल बोक्‍ने मानिसलाई अघि लाएर त्‍यो पलिश्‍ती दाऊदतिर बढ्यो। त्‍यो नजिक-नजिक आयो र दाऊदलाई राम्ररी हेरेपछि घृणा र तिरस्‍कारले भरियो किनभने तिनी राता-राता गाला भएका र हेर्नमा सुन्‍दर ठिटा थिए। त्‍यसले दाऊदलाई भन्‍यो, “त्‍यो लौरो केलाई लिइस्? मलाई तैँले कुकुर हो भन्‍ठानिस् र?” त्‍यसले दाऊदलाई त्‍यसका देवी-देवताका नाममा सरापहरू दिन लाग्‍यो। “आइज,” त्‍यसले दाऊदलाई चुनौती दियो, “र म तेरो मासु पशु-पंक्षीहरूलाई खान दिनेछु।” दाऊदले उत्तर दिए, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आउँदै छस्; तर म तेरो विरुद्धमा सर्वशक्तिमान् परमप्रभु इस्राएली सेनाका परमेश्‍वरको नाममा आउँदै छु, जसलाई तैँले तुच्‍छ ठानेको छस्।

शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्