तब शमूएलले भेला भएका इस्राएलीहरूलाई यसो भने, “मैले तिमीहरूले भनेका सबै कुरा सुनें, र तिमीहरूमाथि राज्य गर्नलाई राजा नियुक्त गरें। अब यिनै राजा तिमीहरूका अगुवा भएका छन्। मचाहिँ वृद्ध भएको छु, र मेरो कपाल फुलिसकेको छ। मेरा छोराहरू तिमीहरूसँग छन्। म त मेरो बालककालदेखि नै तिमीहरूका अगुवा भएर आएको छु। म यहीँ छु। मेरो विरुद्धमा तिमीहरूको केही भन्नु छ भने यहाँ परमप्रभु र उहाँका अभिषिक्त जनको उपस्थितिमा उजूर गर। कसको गोरु मैले लिएको छु? कसको गधा मैले लिएको छु? मैले कसलाई ठगेको छु? मैले कसमाथि अत्याचार गरें? मैले कसको कसूर लुकाउनलाई घूस लिएँ? मलाई भन, र म त्यसको क्षतिपूर्ति गरिदिनेछु।” तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्नुभएको छैन। तपाईंले हामीमाथि केही अत्याचार गर्नुभएको छैन। तपाईंले कुनै मानिसबाट केही लिनुभएको छैन।” तब शमूएलले तिनीहरूलाई भने, “मेरो हातमा तिमीहरूले केही भेट्टाएनौ भनी आजको दिन परमप्रभु तिमीहरूका विरुद्धमा साक्षी हुनुहुन्छ, र उहाँका अभिषिक्त जन पनि साक्षी छन्।” तिनीहरूले भने, “उहाँ साक्षी हुनुहुन्छ।”
१ शमूएल 12 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 12:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू