YouVersion लोगो
खोज आइकन

१ राजाहरू 4:29-34

१ राजाहरू 4:29-34 NNRV

परमेश्‍वरले सोलोमनलाई बुद्धि र अति अन्‍तर्दृष्‍टि र समुद्रको बालुवाजत्तिकै अनगिन्‍ती समझशक्ति दिनुभयो। सोलोमनको बुद्धि पूर्वका सबै मानिसहरू र मिश्रदेशका सबै मानिसहरूको बुद्धिभन्‍दा ज्‍यादै बढ़ी थियो। तिनी अरू सबै मानिसहरूभन्‍दा बुद्धिमान्‌ थिए— एज्री एतान, अनि माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्‍दा पनि तिनी बढ़ी बुद्धिमान्‌ थिए। अनि तिनको ख्‍याति वरिपरिका सबै जाति-जातिहरूका बीचमा फैलियो। तिनले तीन हजार हितोपदेश रचे, र तिनका गीतहरूको संख्‍या एक हजार पाँच वटा थियो। तिनले रूखहरूका जीवनको विषयमा, लेबनानका देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्‍मका वर्णन गरे। तिनले पशुहरू, पक्षीहरू, घस्रने जन्‍तुहरू र माछाहरूका विषयमा पनि सिकाए। सोलोमनका बुद्धिको बारे थाहा पाएका संसारका सबै राजाहरूबाट पठाइएका सबै जातिका मानिसहरू तिनको बुद्धि सुन्‍न तिनीकहाँ आउँथे।