YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 5:18-21

१ यूहन्‍ना 5:18-21 NNRV

परमेश्‍वरबाट उत्‍पन्‍न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्‍वरका पुत्रले त्‍यसलाई सुरक्षित राख्‍नुहुन्‍छ, र दुष्‍टले त्‍यसलाई छुँदैन। हामी जान्‍दछौं, हामी परमेश्‍वरका हौं, र सारा संसार त्‍यस दुष्‍टको अधीनमा परेको छ। हामी जान्‍दछौं, कि परमेश्‍वरका पुत्र आउनुभएको छ, जो सत्‍य हुनुहुन्‍छ। उहाँलाई चिन्‍न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्‍य हुनुहुन्‍छ, हामी उहाँमा छौं, अर्थात्‌ उहाँका पुत्र येशू ख्रीष्‍टमा। उहाँ नै साँचो परमेश्‍वर र अनन्‍त जीवन हुनुहुन्‍छ। साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।