१ यूहन्ना 5:18-21
१ यूहन्ना 5:18-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरका पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई छुँदैन। हामी जान्दछौं, हामी परमेश्वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। हामी जान्दछौं, कि परमेश्वरका पुत्र आउनुभएको छ, जो सत्य हुनुहुन्छ। उहाँलाई चिन्न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्य हुनुहुन्छ, हामी उहाँमा छौं, अर्थात् उहाँका पुत्र येशू ख्रीष्टमा। उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ। साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।
१ यूहन्ना 5:18-21 नेपाली समकालीन संस्करण (NCV)
जो परमेश्वरबाट जन्मेको छ, त्यसले पाप गर्दैन भनी हामी जान्दछौं; परमेश्वरका पुत्रले उसलाई सधैं सुरक्षित राख्नुहुन्छ, अनि दुष्टले त्यसलाई हानि गर्न सक्दैन। हामी परमेश्वरका सन्तान हौं, र सारा संसार दुष्टको नियन्त्रणमा परेको छ भन्ने कुरा हामी जान्दछौं। हामी यो पनि जान्दछौं, जो सत्य हुनुहुन्छ उहाँलाई हामीले जान्न सकौं भनेर परमेश्वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौं; किनकि हामी उहाँको पुत्र येशू ख्रीष्टमा छौं। उहाँ नै एक मात्र सत्य परमेश्वर र अनन्त जीवन हुनुहुन्छ। प्यारा नानीहरूहो, तिम्रो हृदयमा परमेश्वरको स्थान लिने कुनै पनि कुराबाट अलग रहो।
१ यूहन्ना 5:18-21 पवित्र बाइबल (NERV)
हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन। हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ। अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ। यसर्थ प्रिय बालकहरू! तिमीहरू स्वयंलाई झूटो देवताहरूबाट टाढा राख।
१ यूहन्ना 5:18-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको बालकले पाप गरिरहँदैन किनभने परमेश्वरका पुत्रले उसलाई जोगाउनुहुन्छ र शैतानले उसलाई हानि गर्न सक्दैन। यो हामीलाई थाहै छ। पूरै संसार शैतानको अधीनमा भए पनि हामीचाहिँ परमेश्वरका सन्तान हौं भनी हामीलाई थाहा छ। परमेश्वरको पुत्र आउनुभयो र उहाँले हामीलाई साँचो परमेश्वरलाई चिन्ने ज्ञान पनि दिनुभयो। यो हामीलाई थाहा छ। हामी उहाँका पुत्र येशू ख्रीष्टमा भएकोले साँचो परमेश्वरमा छौं। उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ र यही अनन्त जीवन हो। मेरा बालकहरू, तिमीहरू मूर्तिहरूबाट अलग बस।