YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 7:32-34

१ कोरिन्थी 7:32-34 NNRV

तिमीहरू सबै निष्‍फिक्री होओ भन्‍ने म चाहन्‍छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्‍याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ, तर विवाह भएको मानिसले पत्‍नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ। यस्‍तो मानिसको मन दुईपट्टि लागेको हुन्‍छ। विवाह नभएकी स्‍त्रीले शरीर र आत्‍मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्‍ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे।