परमप्रभुलाई धन्यवाद चढ़ाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर। उहाँको निम्ति गाओ, उहाँको प्रशंसाको स्तुति गाओ, उहाँका सबै आश्चर्यकर्महरूको बयान गर। उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्नेहरूको हृदय आनन्दित होस्। परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज। उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर, हे उहाँका दास इस्राएलको वंश, हे याकूबका सन्तान, उहाँका चुनिएकाहरू हो।
१ इतिहास 16 पढ्नुहोस्
सुन्नुहोस् १ इतिहास 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 16:8-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू