YouVersion लोगो
खोज आइकन

१ इतिहास 16:8-13

१ इतिहास 16:8-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर। उहाँको निम्‍ति गाओ, उहाँको प्रशंसाको स्‍तुति गाओ, उहाँका सबै आश्‍चर्यकर्महरूको बयान गर। उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्‍नेहरूको हृदय आनन्‍दित होस्‌। परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्‍तर खोज। उहाँले गर्नुभएका अचम्‍मका कामहरू स्‍मरण गर, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर, हे उहाँका दास इस्राएलको वंश, हे याकूबका सन्‍तान, उहाँका चुनिएकाहरू हो।

शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्

१ इतिहास 16:8-13 पवित्र बाइबल (NERV)

परमप्रभुको स्तुति गर। उहाँको नाउँ पुकार। मानिसहरूलाई ती महान कार्यहरूको बारेमा भन जो परमप्रभुले गर्नु भएको छ। परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति स्तुति गान गर। उहाँका आश्चर्यकर्महरूको विषयमा सुनाऊ। परमप्रभुको पवित्र नाउँको गौरव गर। परमप्रभु तर्फ आउने सबै मानिसहरू, प्रसन्न होऊ। परमप्रभु र उहाँको शक्ति तर्फ हेर। परमप्रभु कहाँ जाऊ अनि उहाँको सहायता सधै खोज। ती अचम्मका कामहरू सम्झ जो परमप्रभुले गर्नु भएको छ। उहाँका फैसलाहरू अनि उहाँले गर्नु भएका शक्तिशाली कार्यहरूको स्मरण गर। इस्राएलका मानिसहरू परमप्रभुका दास हुन्। याकूबका सन्तानहरू परमप्रभुका चुनिएका मानिसहरू हुन्।

शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्