YouVersion लोगो
खोज आइकन

१ इतिहास 1:28-54

१ इतिहास 1:28-54 NNRV

अब्राहामका छोराहरू: इसहाक र इश्‍माएल। तिनीहरूका सन्‍तान यी नै हुन्‌: जेठा नबायोत, केदार, अदबेल, मिब्‍साम, मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा, यतूर, नापीश र केदमा। यिनीहरू इश्‍माएलका छोराहरू थिए। अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह योक्षानका छोराहरू: शेबा र ददान। मिद्यानका छोराहरू: एपा, एपेर, हानोक, अबीदा र एल्‍दा। कतूराका सन्‍तान यी नै थिए। अब्राहाम इसहाकका पिता थिए। इसहाकका छोराहरू: एसाव र इस्राएल। एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह। एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गालाम र कनज। तीम्‍नबाट: अमालेक। रूएलका छोराहरू: नहत, जेरह, शम्‍मा र मिज्‍जा। सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान। लोतानका छोराहरू: होरी र हेमाम। तीम्‍न नाउँ भएकी लोतानकी बहिनी थिइन्‌। शोबालका छोराहरू: अल्‍बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्‍या र अना। अनाका छोरा: दीशोन। दीशोनका छोराहरू: हेमदान, एश्‍बान, यित्रान र करान। एसेरका छोराहरू: बिल्‍हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र आरान। इस्राएलमा राजा हुनुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै हुन्‌: बओरका छोरा बेला, जसको सहर दिन्‍हावा थियो। बेला मरेपछि बोज्राका जेरहका छोरा योबाब राजा भए। योबाब मरेपछि तेमानीहरूको देशका हूशाम राजा भए। हूशाम मरेपछि बददका छोरा हदद राजा भए। तिनले मोआब देशमा मिद्यानीहरूलाई परास्‍त गरे। तिनको सहरको नाउँ अवीत थियो। हदद मरेपछि मास्रेकाका सम्‍ला राजा भए। सम्‍ला मरेपछि यूफ्रेटिस नदीको किनारमा भएको रहोबोतका शौल राजा भए। शौल मरेपछि अक्‍बोरका छोरा बाल-हानान राजा भए। बाल-हानान मरेपछि हदद राजा भए। तिनको सहरको नाउँ पाऊ थियो। तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌। हदद पनि मरे। एदोमका मुख्‍य मानिसहरू यी नै थिए: तीम्‍न, अल्‍वा, यतेत, ओहोलीबामा, एलाह, पीनोन, कनज, तेमान, मिब्‍सार, मग्‍दीएल र ईराम। एदोमका मुख्‍य मानिसहरू यी नै हुन्‌।