१ इतिहास 1:28-54
१ इतिहास 1:28-54 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब्राहामका छोराहरू: इसहाक र इश्माएल। तिनीहरूका सन्तान यी नै हुन्: जेठा नबायोत, केदार, अदबेल, मिब्साम, मिश्मा, दुमा, मस्सा, हदद, तेमा, यतूर, नापीश र केदमा। यिनीहरू इश्माएलका छोराहरू थिए। अब्राहामकी उपपत्नी कतूराका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह योक्षानका छोराहरू: शेबा र ददान। मिद्यानका छोराहरू: एपा, एपेर, हानोक, अबीदा र एल्दा। कतूराका सन्तान यी नै थिए। अब्राहाम इसहाकका पिता थिए। इसहाकका छोराहरू: एसाव र इस्राएल। एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह। एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गालाम र कनज। तीम्नबाट: अमालेक। रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान। लोतानका छोराहरू: होरी र हेमाम। तीम्न नाउँ भएकी लोतानकी बहिनी थिइन्। शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्या र अना। अनाका छोरा: दीशोन। दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान। एसेरका छोराहरू: बिल्हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र आरान। इस्राएलमा राजा हुनुभन्दा पहिले एदोममा राज्य गर्ने राजाहरू यी नै हुन्: बओरका छोरा बेला, जसको सहर दिन्हावा थियो। बेला मरेपछि बोज्राका जेरहका छोरा योबाब राजा भए। योबाब मरेपछि तेमानीहरूको देशका हूशाम राजा भए। हूशाम मरेपछि बददका छोरा हदद राजा भए। तिनले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरे। तिनको सहरको नाउँ अवीत थियो। हदद मरेपछि मास्रेकाका सम्ला राजा भए। सम्ला मरेपछि यूफ्रेटिस नदीको किनारमा भएको रहोबोतका शौल राजा भए। शौल मरेपछि अक्बोरका छोरा बाल-हानान राजा भए। बाल-हानान मरेपछि हदद राजा भए। तिनको सहरको नाउँ पाऊ थियो। तिनकी पत्नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्। हदद पनि मरे। एदोमका मुख्य मानिसहरू यी नै थिए: तीम्न, अल्वा, यतेत, ओहोलीबामा, एलाह, पीनोन, कनज, तेमान, मिब्सार, मग्दीएल र ईराम। एदोमका मुख्य मानिसहरू यी नै हुन्।
१ इतिहास 1:28-54 पवित्र बाइबल (NERV)
अब्राहामका छोराहरू: इसहाक र इश्माएल थिए। यी तिनीहरूका सन्तानहरू थिए। इश्माएलका जेठा छोरा नबायोत थिए। इश्माएलका अरू छोराहरू: केदार, अदबेल, मिब्साब, मिश्मा, दूमा, मस्सा, हदद, तेमा, यतूर, नापीश अनि केदमा थिए। यी इश्माएलका छोराहरू थिए। कतूराका छोराहरू: कतूरा अब्राहामको उप-पत्नी थिईन। तिनले जिम्रान, योक्षान, मदान, मिद्यान, यिश्बाक अनि शूअहलाई जन्म दिइन्। योक्षानका छोराहरू शबा र ददान थिए। मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा अनि एल्दा थिए। यी सबै कतूराका छोराहरू थिए। अब्राहाम इसहाकका पिता थिए, इसहाकका छोराहरू एसाव अनि इस्राएल थिए। एसावका छोराहरू: एलीपज, रूएल, यऊश, यालाम अनि कोरह थिए। एलीपजका छोराहरू: तेमान, ओमार, एपी, गाताम र कनज थिए। एलीपज अनि तिम्नाका अमालेक नाउँ गरेको छोरा पनि थिए। रूएलका छोराहरू: नहत, जेरह, शम्मा अनि मिज्जा थिए। सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर अनि दीशान थिए। लोतानका छोराहरू: होरी र होमाम थिए। लोतानकी तिम्ना नाउँ गरेकी बहिनी थिइन्। शोबालका छोराहरू: अल्यान, मानहत, एबाल, शपी अनि ओनाम थिए। सिबोनका छोराहरू: अयीया अनि अना थिए। अनाको छोरा दीशोन थिए। दीशोनका छोराहरू: हम्रान, एश्बान, यित्रान, अनि करान थिए। एसेरका छोराहरू: बिल्हान, जावान अनि याकान थिए। दीशानका छोराहरू ऊज अनि अरान थिए। इस्राएलमा राजाहरू हुनु भन्दा धेरै अघि नै एदोममा राजाहरू थिए, एदोमका राजाहरूका नाउँ यी हुनः पहिलो राजा बओरको छोरा बेला थिए। बेलाको शहरको नाउँ दिनहाबा थियो। जब बेलाको मृत्यु भयो जेरहाका छोरा योबाब नयाँ राजा भए। योबाब बोस्राका छोरा थिए। जब योबाबको मृत्यु भयो हूशाम नयाँ राजा भए। हूशाम तेमानी देशका थिए। जब हूशामको मृत्यु भयो बददका छोरा हदद नयाँ राजा भए। हददले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरे। हददको शहरको नाउँ अबीत थियो। हददको मृत्यु भए पछि सम्ला नयाँ राजा भए। सम्ला मास्रेकाका थिए। सम्लाको मृत्यु पछि शाऊल नयाँ राजा भए। शाऊल यूफ्रेटिस नदी किनारमा भएको रहोबोतका थिए। जब शाऊलको मृत्यु भयो अकबोरका छोरा बाल-हनान नयाँ राजा भए। जब बालहनानको मृत्यु भयो हदद नयाँ राजा भए। हददको शहरको नाउँ पाई थियो। हददकी पत्नीको नाउँ महतबेल थियो। महतबेल मत्रेदकी छोरी थिइन्। मत्रेद मेजाहाबकी छोरी थिइन्। तब हददको मृत्यु भयो। एदोमका अगुवाहरू तिम्ना, अल्या, यतेत, ओहोलीबामा, एला, पीनोन, कनज, तेमान, मिबसार, मग्दीएल अनि ईराम, थिए। एदोमका प्रधान व्यक्तिहरूको सूची यहि हो।
१ इतिहास 1:28-54 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब्राहामका दुई छोराहरू थिए– इसहाक र इश्माएल। इश्माएलका छोराहरू यी बाह्र कुलका पुर्खा भए– नबायोत (इश्माएलको जेठो छोराको नामअनुसार), केदार, अदबेल, मिब्साम, मिश्मा, दुमा, मस्सा, हदद, तेमा, यतूर, नापीश र केदमा। अब्राहामकी एउटी कतूरा नाम गरेकी रखौटी थिई। जसले उनका छ छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्माई। योक्षानका दुई छोराहरू थिए– शेबा र ददान। मिद्यानका पाँच छोराहरू थिए– एपा, एपेर, हानोक, अबीदा र एल्दा। अब्राहामका छोरा इसहाकका दुई छोराहरू थिए– एसाव र याकूब। एलीपज, रूएल, येऊश, यालाम र कोरह एसावका छोराहरू थिए। एलीपज यी कुलका पुर्खा भए– तेमान, ओमार, सपो, गालाम, कनज, तीम्न र अमालेक। रूएल यी कुलका पुर्खा भए– नहत, जेरह, शम्मा र मिज्जा। एदोमका आदिवासीहरू सेइरका यी छोराहरूबाट उत्पन्न भएका थिए: लोतानचाहिँ होरी र हेमाम कुलका पुर्खा थिए। (लोतानकी तिम्ना नाम गरेकी एउटी बहिनी थिई।) शोबालचाहिँ अल्बान, मानहत, एबाल, शपो र ओनाम कुलका पुर्खा थिए। सिबोनको चाहिँ अय्या र अना नाम गरेका दुई छोराहरू थिए। अना दीशोनका बुबा थिए र दीशोन, हेमदान, एश्बान, यित्रान र करान कुलका पुर्खा थिए। एसेरचाहिँ बिल्हान, जावान र अकान कुलका पुर्खा थिए। दीशानचाहिँ ऊज र आरान कुलका पुर्खा थिए। इस्राएलमा राजा हुनुअघि एदोम देशमा यी तल नाम लेखिएका राजाहरूले एउटापछि अर्को गरेर राज्य गरे: दिन्हावा सहरका बओरको छोरो बेला बोज्राका जेरहको छोरो योबाब तेमानका हूशाम अवीतका बददको छोरो हदद (उनले मोआब देशमा मिद्यानीहरूलाई लडाइँमा जिते।) मास्रेकाका सम्ला नदीको किनारको रहोबोतका बासिन्दा शौल अक्बोरको छोरो बाल-हानान पाऊ सहरका हदद (तिनले मत्रेदकी छोरी मेजाहाबकी नातिनी महेतबेललाई विवाह गरेका थिए।) एदोमका मानिसहरू यी कुलमा बाँडिएका थिए– तीम्न, अल्वा, यतेत, ओहोलीबामा, एलाह, पीनोन, कनज, तेमान, मिब्सार, मग्दीएल र ईराम।