1
रोमी 1:16
नेपाली समकालीन संस्करण
किनकि म सुसमाचारसँग लजाउँदिनँ; किनभने यो परमेश्वरको शक्ति हो, जसले विश्वास गर्नेहरू सबैमा मुक्ति ल्याउँदछ: यहूदीलाई पहिले, त्यसपछि गैरयहूदीलाई।
तुलना
अन्वेषण गर्नुहोस् रोमी 1:16
2
रोमी 1:17
किनकि सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट भएको छ, जुन धार्मिकता सुरुदेखि अन्त्यसम्म विश्वासद्वारा आउँछ, धर्मशास्त्रमा यसरी लेखिएको छ: “धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।”
अन्वेषण गर्नुहोस् रोमी 1:17
3
रोमी 1:20
किनकि परमेश्वरका अदृश्य गुणहरू, उहाँका अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएका छन्; र बनाइएका थोकहरूबाट बुझ्न सकिन्छ। यसैले मानिसहरूलाई परमेश्वरको विषयमा जान्न नसकिने कुनै पनि बहाना छैन।
अन्वेषण गर्नुहोस् रोमी 1:20
4
रोमी 1:21
तिनीहरूले परमेश्वरलाई चिनेर पनि उहाँलाई परमेश्वरको रूपमा न महिमा दिए, न ता धन्यवाद नै दिए; बरु तिनीहरूका सोच व्यर्थ हुनगयो, र तिनीहरूका मूर्ख हृदयहरू अँध्यारा भए।
अन्वेषण गर्नुहोस् रोमी 1:21
5
रोमी 1:25
तिनीहरूले परमेश्वरको सत्यतालाई त्यागेर झूटसँग स्वीकारे, र सृष्टिकर्ताको सट्टामा सृष्टि गरिएका थोकहरूको सेवा र आराधना गरे। सृष्टिकर्ता, जो सदा-सर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन!
अन्वेषण गर्नुहोस् रोमी 1:25
6
रोमी 1:18
स्वर्गबाट परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता तथा दुष्टताको विरुद्ध प्रकट भइरहेको छ, जसले सत्यतालाई आफ्ना दुष्टताद्वारा दबाइराखेका छन्।
अन्वेषण गर्नुहोस् रोमी 1:18
7
रोमी 1:26-28
यसैकारण परमेश्वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे। त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर अरू पुरुषहरूसँग कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरू आफ्नो गल्तीको दण्ड भोगे। तिनीहरूले परमेश्वरलाई स्वीकार गर्न उचित नठानेकाले परमेश्वरले पनि तिनीहरूलाई भ्रष्ट मन दिनुभयो; ताकि तिनीहरूले जुन काम गर्न नहुने त्यही काम गरून्।
अन्वेषण गर्नुहोस् रोमी 1:26-28
8
रोमी 1:22-23
तिनीहरू आफू बुद्धिमान् हुने दाबी गरे तापनि मूर्ख नै बने। अनि अविनाशी परमेश्वरलाई महिमा दिनुको साटो जीवित मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गीहरू, पशुहरू र घस्रने जनावरहरूका मूर्तिहरूलाई महिमा दिए।
अन्वेषण गर्नुहोस् रोमी 1:22-23
होम
बाइबल
योजनाहरू
भिडियोहरू