1
यशैया 42:6-7
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
“म याहवेहले नै तँलाई धार्मिकतामा बोलाएको छु, म तेरो हात पक्रनेछु। म तेरो रक्षा गर्नेछु; अनि तँलाई जाति-जातिहरूका निम्ति करार र गैरयहूदीहरूका निम्ति ज्योति बनाउनेछु; तब तैँले अन्धाहरूका आँखा खोल्न, कैदीहरूलाई कैदबाट छुटकारा दिन र अन्धकारको खाडलमा बस्नेहरूलाई निकाल्न सक्नेछस्।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 42:6-7
2
यशैया 42:8
“म नै याहवेह हुँ; मेरो नाम त्यही हो! म मेरो महिमा अर्कोलाई दिनेछैनँ, न त मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछु।
अन्वेषण गर्नुहोस् यशैया 42:8
3
यशैया 42:1
“हेर मेरो सेवक, जसलाई म सम्हाल्दछु, मैले चुनेको जन, जसमा म प्रसन्न छु; म तिनमा मेरो आत्मा हाल्नेछु, र तिनले जाति-जातिहरूबीच न्याय ल्याउनेछन्।
अन्वेषण गर्नुहोस् यशैया 42:1
4
यशैया 42:3-4
फुटेको निगालोलाई तिनले भाँच्नेछैनन्, र निभ्न लागेको सलेदोलाई तिनले फुकिदिनेछैनन्। तिनले विश्वासयोग्यतामा न्याय गर्नेछन्; जबसम्म तिनले पृथ्वीमा न्याय स्थापित गर्नेछैनन्; तिनी कमजोर हुने निरुत्साहित हुनेछैनन्। तिनको व्यवस्थामा टापुहरूले समेत आफ्नो आशा राख्नेछन्।”
अन्वेषण गर्नुहोस् यशैया 42:3-4
5
यशैया 42:16
म अन्धाहरूलाई तिनीहरूले नजानेका बाटोहरूमा डोर्याउनेछु; नचिनेका बाटोहरूमा म तिनीहरूलाई डोर्याउनेछु; म तिनीहरूको सामु अन्धकारलाई उज्यालोमा परिणत गरिदिनेछु; अनि खाल्टाखुल्टी ठाउँहरूलाई समतल बनाउनेछु। म यी कुराहरू गर्नेछु; म तिनीहरूलाई त्याग्नेछैनँ।
अन्वेषण गर्नुहोस् यशैया 42:16
6
यशैया 42:9
हेर, पहिलेका कुराहरू बितिसके, अब नयाँ कुराहरू म घोषणा गर्छु; तिनीहरू आउनुभन्दा पहिल्यै म ती तिमीहरूलाई बताउँछु।”
अन्वेषण गर्नुहोस् यशैया 42:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू