1
यशैया 43:19
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
हेर, म एउटा नयाँ काम गर्दैछु! अहिले नै यो प्रष्ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र उजाडभूमिमा खोलाहरू बनाउँदैछु।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 43:19
2
यशैया 43:2
तँ पानीबाट भएर जाँदा म तँसित हुनेछु; अनि तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई बगाउनेछैनन्। तँ आगोबाट हिँडेर जाँदा तँ जल्नेछैनस्; त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
अन्वेषण गर्नुहोस् यशैया 43:2
3
यशैया 43:18
“पहिलेका कुराहरू नसम्झ, बितेका कुराहरूमा नअल्झ।
अन्वेषण गर्नुहोस् यशैया 43:18
4
यशैया 43:1
तर अब, हे याकोब, तँलाई रच्नुहुने, हे इस्राएल, तँलाई सृष्टि गर्नुहुने, याहवेह यसो भन्नुहुन्छः “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु; मैले तँलाई नाम काढेर बोलाएको छु; तँ मेरै होस्।
अन्वेषण गर्नुहोस् यशैया 43:1
5
यशैया 43:4
मेरो दृष्टिमा तँ बहुमूल्य र आदरणीय छस्; अनि मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा र राष्ट्रहरूलाई तेरो जीवनको सट्टामा दिनेछु।
अन्वेषण गर्नुहोस् यशैया 43:4
6
यशैया 43:3
किनकि म याहवेह नै तेरा परमेश्वर हुँ; इस्राएलका पवित्र परमेश्वर, तेरा उद्धारकर्ता हुनुहुन्छ। तेरो छुटकाराको मोलको निम्ति मैले इजिप्ट दिएको छु; तेरो सट्टामा कूश र सेबा दिएँ।
अन्वेषण गर्नुहोस् यशैया 43:3
7
यशैया 43:5
नडरा, किनकि म तँसित छु; म तेरा सन्तानहरूलाई पूर्वबाट ल्याउनेछु, र तँलाई पश्चिमबाट भेला गराउनेछु।
अन्वेषण गर्नुहोस् यशैया 43:5
8
यशैया 43:25
“म उही हुँ, जसले आफ्नै खातिर तेरा अधर्महरू मेटिदिन्छु, र तेरा पापहरू कहिल्यै स्मरण गर्नेछैनँ।
अन्वेषण गर्नुहोस् यशैया 43:25
9
यशैया 43:10
“तिमीहरू मेरा साक्षी हौ; याहवेह घोषणा गर्नुहुन्छ, मैले चुनेको मेरा सेवक, ताकि म उही हुँ भनी तिमीहरूले जान्न सक; अनि मलाई विश्वास गर्न र बुझ्न सक। मभन्दा पहिले कुनै ईश्वर रचिएको थिएन, न त मपछि कोही हुनेछ।
अन्वेषण गर्नुहोस् यशैया 43:10
10
यशैया 43:11
म हुँ, म नै याहवेह हुँ। मबाहेक अरू कुनै उद्धारकर्ता छैन।
अन्वेषण गर्नुहोस् यशैया 43:11
11
यशैया 43:13
हो, प्राचीनकालदेखि म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्दैन। जब म काम गर्छु, कसले त्यसलाई उल्टाउन सक्छ?”
अन्वेषण गर्नुहोस् यशैया 43:13
12
यशैया 43:20-21
जङ्गली जनावरहरू, स्यालहरू र उल्लुहरूले मलाई आदर गर्छन्; किनकि म आफ्नो चुनिएको जातिलाई पिउनका निम्ति मरुभूमिमा पानी र उजाडस्थानमा खोलाहरू प्रबन्ध गर्छु। मैले आफ्नै निम्ति रचेको जातिको निम्ति, ताकि तिनीहरूले मेरो प्रशंसा घोषणा गरून्।
अन्वेषण गर्नुहोस् यशैया 43:20-21
13
यशैया 43:6-7
म उत्तरलाई भन्नेछु, ‘तिनीहरू मलाई दिइहाल्!’ र दक्षिणलाई भन्नेछु, ‘तिनीहरूलाई नरोक्।’ मेरा छोराहरूलाई टाढा-टाढाबाट ल्याओ; अनि मेरा छोरीहरूलाई पृथ्वीको छेउ-छेउबाट ल्याओ; मेरो नामले बोलाइएको हरेकलाई, जसलाई मैले आफ्नो महिमाको निम्ति सृष्टि गरेँ, जसलाई मैले नै रचेँ।”
अन्वेषण गर्नुहोस् यशैया 43:6-7
14
यशैया 43:16-17
याहवेह यसो भन्नुहुन्छ, जो समुद्रबाट बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने, रथ र घोडाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने, तिनीहरू, जो फेरि उठ्न नसक्ने गरी लोटेका थिए; सलेदो निभाइएझैँ निभाइएका थिए
अन्वेषण गर्नुहोस् यशैया 43:16-17
15
यशैया 43:15
म नै याहवेह, तिमीहरूका पवित्र परमेश्वर, इस्राएलका सृष्टिकर्ता, तिमीहरूका राजा हुँ।”
अन्वेषण गर्नुहोस् यशैया 43:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू