1
गन्ती 21:8
सरल नेपाली पवित्र बाइबल
तब परमप्रभुले मोशालाई एउटा काँसाको सर्प बनाएर एउटा खाँबोमा झुण्ड्याउनू भनी भन्नुभयो र जसलाई सर्पले डस्थ्यो, त्यसले त्यो काँसाको सर्पलाई हेरेर निको हुन सक्थ्यो।
तुलना
अन्वेषण गर्नुहोस् गन्ती 21:8
2
गन्ती 21:9
यसकारण मोशाले एउटा काँसाको सर्प बनाए र खाँबोमा चढाए। जसलाई सर्पले डस्थ्यो, त्यसले त्यो काँसाको सर्पलाई हेर्थ्यो र निको हुन्थ्यो।
अन्वेषण गर्नुहोस् गन्ती 21:9
3
गन्ती 21:5
र परमेश्वर र मोशाका विरुद्धमा कुरा गर्न लागे। तिनीहरूले भने, “तपाईंले किन हामीलाई मिश्रबाट निकालेर यहाँ उजाड-स्थानमा मर्नलाई ल्याउनुभयो? यहाँ खानपान केही छैन। यो खानेकुरासँग अब हामी वाक्क भइसक्यौं!”
अन्वेषण गर्नुहोस् गन्ती 21:5
4
गन्ती 21:6
तब परमप्रभुले इस्राएलीहरूका माझमा विषालु सर्पहरू पठाउनुभयो र धेरै इस्राएलीहरू सर्पले डसेर मरे।
अन्वेषण गर्नुहोस् गन्ती 21:6
5
गन्ती 21:7
मानिसहरूले मोशालाई आएर भने, “हामीले तपाईं र परमप्रभुका विरुद्धमा बोलेर पाप गर्यौं। अब यी सर्पहरू हटाइदिन परमप्रभुलाई प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका लागि प्रार्थना गरे।
अन्वेषण गर्नुहोस् गन्ती 21:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू