1
यर्मिया 6:16
सरल नेपाली पवित्र बाइबल
परमप्रभु आफ्ना प्रजालाई भन्नुहुन्छ, “चौबाटोमा उभिएर हेर। पुराना बाटोहरू र सर्वोत्तम बाटो खोज र त्यस बाटोमा हिंड अनि तिमीहरूको जीवन शान्तिसित बित्नेछ।” तर तिनीहरूले भने, “अँहँ, हामी त्यसो गर्दैनौं।”
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 6:16
2
यर्मिया 6:14
तिनीहरूले मेरा प्रजालाई अलि-अलि मात्र कोतरेजस्तो गरी पट्टी बाँधिदिन्छन्। तिनीहरू भन्छन्, ‘शान्ति, शान्ति, सबै ठीकै छ,’ तर खास सुख-शान्ति कहीं पनि छैन।
अन्वेषण गर्नुहोस् यर्मिया 6:14
3
यर्मिया 6:19
ए पृथ्वी, सुन! यिनीहरूका सबै जुक्तिहरूको फलस्वरूप म यस जातिमाथि विनाश ल्याउँदै छु किनभने यिनीहरूले मेरा वचन इन्कार गरेका छन् र मेरा व्यवस्था पालन गरेका छैनन्।
अन्वेषण गर्नुहोस् यर्मिया 6:19
4
यर्मिया 6:10
मैले जवाफ दिएँ, “मेरो कुरा कसले सुन्ला र? क-कसलाई भनूँ र चेतावनी दिऊँ? तिनीहरूले ढिट भई आफ्ना कान बन्द गरेका छन्। तपाईंको वचन तिनीहरूको निम्ति ठोकर हुन्छ र त्यसमा तिनीहरूले कुनै आनन्द पाउँदैनन्।
अन्वेषण गर्नुहोस् यर्मिया 6:10
होम
बाइबल
योजनाहरू
भिडियोहरू