जब कैदबाट फर्केकाहरू परमप्रभुको मन्दिर यरूशलेममा आइपुगे, तब कति गोत्र-गोत्रका प्रधानहरूले पुरानै ठाउँमा फेरि मन्दिर बनाउन मद्दत दिन आफ्ना इच्छाले भेटीहरू चढाए। त्यस कामको लागि तिनीहरूले आफूले सकेसम्म दिए र जम्मा ५०० किलोग्राम सुन, २,८०० किलोग्राम चाँदी र एक सय वटा पूजाहारीका पोशाकहरू जम्मा भयो।