एज्रा 2
2
कैदबाट फर्किआउनेहरूको सूची
(नहेम्याह ७:४-७३)
1कैदमा रहेका धेरै यहूदीहरू बेबिलोन प्रान्तबाट यरूशलेम र यहूदामा फर्के र आ-आफ्ना सहरमा गए। नबूकदनेसर राजाले कैद गरी लगेका समयदेखि त्यस बेलासम्म तिनका परिवारहरू बेबिलोनियामा बास गरिरहेका थिए। 2उनका अगुवाहरू— यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहा थिए।
कैदबाट फर्किआउने इस्राएलका मानिसहरूको सङ्ख्या तिनका गोत्रअनुसार यस प्रकार थियो:
3-20परोश– २,१७२
शपत्याह– ३७२
आरा– ७७५
पहत-मोआब (येशूअ र योआबका सन्तान)– २,८१२
एलाम– १,२५४
जत्तू– ९४५
जक्कै– ७६०
बानी– ६४२
बेबै– ६२३
अज्गाद– १,२२२
अदोनीकाम– ६६६
बिग्वै– २,०५६
आदीन– ४५४
आतेर (जसलाई हिजकिया पनि भन्थे)– ९८
बेजै– ३२३
योरा– ११२
हाशूम– २२३
गिब्बार– ९५।
21-35आफ्ना पिता-पुर्खाहरू बास गरेका सहरअनुसार फर्केका मानिसहरू यस प्रकार थिए:
बेथलेहेम– १२३
नतोपा– ५६
अनातोत– १२८
अज्मावेत– ४२
किर्यत-यारीम, कपीरा, र बेरोत– ७४३
रामा र गेबा– ६२१
मिकमाश– १२२
बेथेल र ऐ– २२३
नेबो– ५२
मग्बीस– १५६
अर्को एलाम– १,२५४
हारीम– ३२०
लोद, हादीद र ओनो– ७२५
यरीहो– ३४५
सेनाह– ३,६३०
36-39कैदबाट फर्कने पूजाहारीहरू गोत्रका सूची:
यदायाह (येशूअको सन्तान)– ९७३
इम्मेर– १,०५२
पशहूर– १,२४७
हारीम– १,०१७
40-42कैदबाट फर्केका लेवी गोत्रका:
येशूअ र कादमीएल (होदबियाको सन्तान)– ७४
मन्दिरका गवैयाहरू (आसापको सन्तान)– १२८
मन्दिरका पहरादारहरू (शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता र शोबैका सन्तान)– १३९
43-54कैदबाट फर्केका मन्दिरका काम गर्नेहरूका गोत्र:
सीहा, हसूपा, तब्बाओत,
केरोस, सीआ, पादोन,
लेबाना, हगाबा, अक्कूब,
हागाब, शाल्मै, हानान,
गिद्देल, गहर, रायाह,
रसीन, नकोदा, गज्जाम,
उज्जा, पसेह, बेजै,
अस्ना, मोनिम, नेपुसीम,
बक्बूक, हकूपा, हर्हुर,
बस्लूत, महीदा, हर्शा,
बर्कोस, सीसरा, तेमह,
नसीह र हतीपा।
55-57कैदबाट फर्केका सोलोमनका नोकर-चाकरका गोत्रहरू:
सोतै, हस्सोपेरेत, पारूद,
याला, दर्कोन, गिद्देल,
शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमी।
58कैदबाट फर्केका मन्दिरका काम गर्नेहरू र सोलोमनका नोकर-चाकरहरूको मोठ सङ्ख्या ३९२ थियो।
59-60तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट फर्किआएका दलायाह, तोबिया र नकोदा गोत्रका मानिसहरू जम्मा ६५२ जना थिए तर हामी इस्राएलीहरूका सन्तान हौं भनी तिनीहरूले प्रमाण दिन सकेनन्।
61-62यी पूजाहारी गोत्रहरूले पनि आफ्ना पुर्खाहरूबारे प्रमाण दिनलाई केही कागज-पत्र पाउन सकेनन्: होबायाह, हक्कोस र बर्जिल्लै। (बर्जिल्लै नामका पूजाहारी गोत्रका पुर्खाले गिलादवासी बर्जिल्लैकी एउटी छोरीलाई विवाह गरेर ससुराको नाउँमा आफ्नो गोत्रको नाम राखेका थिए।) आफ्ना पुर्खाका केही प्रमाण दिन नसकेकाले तिनीहरू पूजाहारी भनी ग्रहण गरिएनन्। 63#गन्ती 27:21यहूदी बडा-हाकिमले तिनीहरूलाई भने कि ऊरीम र तुम्मीम प्रयोग गर्न सक्ने एक जना पूजाहारी नआएसम्म तिनीहरूले परमेश्वरलाई चढाइएका भोजन खान सक्नेछैनन्।
64-67कैदबाट फर्किआएकाहरूको जम्मा सङ्ख्या ४२,३६० थियो।
तिनीहरूको चाकर र चाकर्नीहरू ७,३३७ जना
पुरुष र स्त्री गवैयाहरू २०० जना
घोडा ७३६
खच्चर २४५
ऊँट ४३५
गधा ६,७२० वटा थिए।
68जब कैदबाट फर्केकाहरू परमप्रभुको मन्दिर यरूशलेममा आइपुगे, तब कति गोत्र-गोत्रका प्रधानहरूले पुरानै ठाउँमा फेरि मन्दिर बनाउन मद्दत दिन आफ्ना इच्छाले भेटीहरू चढाए। 69त्यस कामको लागि तिनीहरूले आफूले सकेसम्म दिए र जम्मा ५०० किलोग्राम सुन, २,८०० किलोग्राम चाँदी र एक सय वटा पूजाहारीका पोशाकहरू जम्मा भयो।
70 #
१ इतिहास 9:2; नहेम्याह 11:3 पूजाहारी, लेवी र कोही-कोही मानिसहरू यरूशलेम र त्यसका छेउ-छाउमा बसे। गवैया, पहरादार र मन्दिरका काम गर्नेहरू त्यहीँ छेउ-छाउका सहरमा बसे र बाँकी सबै इस्राएलीहरू आ-आफ्ना पिता-पुर्खाहरू बसेका सहरहरूमा बास गर्न लागे।
अहिले सेलेक्ट गरिएको:
एज्रा 2: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.