1
१ थेसलोनिकी 5:16-18
नेपाली नयाँ संशोधित संस्करण
सधैँ आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।
तुलना
अन्वेषण गर्नुहोस् १ थेसलोनिकी 5:16-18
2
१ थेसलोनिकी 5:23-24
शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून्। तिमीहरूलाई बोलाउनुहुने विश्वासयोग्य हुनुहुन्छ, उहाँले यो गर्नु नै हुनेछ।
अन्वेषण गर्नुहोस् १ थेसलोनिकी 5:23-24
3
१ थेसलोनिकी 5:15
याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्टा गर।
अन्वेषण गर्नुहोस् १ थेसलोनिकी 5:15
4
१ थेसलोनिकी 5:11
यसकारण एकले-अर्कोलाई प्रोत्साहन देओ, र एकले-अर्कोलाई दह्रिलो पार्ने काम गर, जस्तो तिमीहरू गर्दै पनि छौ।
अन्वेषण गर्नुहोस् १ थेसलोनिकी 5:11
5
१ थेसलोनिकी 5:14
भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्छौं कि अल्छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ।
अन्वेषण गर्नुहोस् १ थेसलोनिकी 5:14
6
१ थेसलोनिकी 5:9
किनकि परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो।
अन्वेषण गर्नुहोस् १ थेसलोनिकी 5:9
7
१ थेसलोनिकी 5:5
किनकि तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तान हौ। हामी रातका र अन्धकारका सन्तान होइनौं।
अन्वेषण गर्नुहोस् १ थेसलोनिकी 5:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू