१ थेसलोनिकी 5:23-24
१ थेसलोनिकी 5:23-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून्। तिमीहरूलाई बोलाउनुहुने विश्वासयोग्य हुनुहुन्छ, उहाँले यो गर्नु नै हुनेछ।
१ थेसलोनिकी 5:23-24 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूलाई शान्तिका परमेश्वर आफैले, सम्पूर्ण रूपले शुद्ध बनाऊन्। हाम्रा प्रभु येशू ख्रीष्टको दोस्रो आगमनसम्म तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर निष्कलङ्क राखून्। तिमीहरूलाई बोलाउनुहुने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँले नै यो गर्नुहुनेछ।
१ थेसलोनिकी 5:23-24 पवित्र बाइबल (NERV)
शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारून भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख। उहाँ नै एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनु भयो, तिम्रोलागि यी सब थोक गर्नु नै हुनेछ। तिमीहरूले उहाँलाई विश्वास गर्ने सक्छौ।
१ थेसलोनिकी 5:23-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शान्तिका परमेश्वर आफैंले तिमीहरूलाई पूरा तवरले पवित्र राखून्, हाम्रा प्रभु येशू ख्रीष्ट नआएसम्म तिमीहरूको आत्मा, प्राण र शरीर स्वस्थ, दागबिनाको र निर्दोष होओस्। तिमीहरूलाई बोलाउने परमेश्वर विश्वासी हुनुहुन्छ। उहाँले नै तिमीहरूलाई यी सब कुरा पूरा गरिदिनुहुनेछ।