तब शाऊलका छोरा जोनाथन त्यहाँ तिनीकहाँ आए, र तिनलाई परमेश्वरमा बल पाउन उत्साह दिए। उनले भने, “नडराउनुहोस्, मेरा बुबा शाऊलको हातले तपाईंलाई छुनेछैन। तपाईं इस्राएलका राजा हुनुहुनेछ, र मचाहिँ तपाईंको मुनि दोस्रो दर्जामा हुनेछु। मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ।”