१ शमूएल 23:16-17
१ शमूएल 23:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब शाऊलका छोरा जोनाथन त्यहाँ तिनीकहाँ आए, र तिनलाई परमेश्वरमा बल पाउन उत्साह दिए। उनले भने, “नडराउनुहोस्, मेरा बुबा शाऊलको हातले तपाईंलाई छुनेछैन। तपाईं इस्राएलका राजा हुनुहुनेछ, र मचाहिँ तपाईंको मुनि दोस्रो दर्जामा हुनेछु। मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ।”
१ शमूएल 23:16-17 पवित्र बाइबल (NERV)
तर शाऊलको छोरा जोनाथन दाऊदलाई भेट्न होरेश गए। जोनाथनले दाऊदलाई परमेश्वरलाई विश्वास गर्न अझ जोड गरे। जोनाथनले दाऊदलाई भने, “डराउनु पर्दैन। मेरा पिता शाऊलले तपाईंलाई हानि गर्ने छैनन्। तपाईं इस्राएलका राजा हुनुहुनेछ। मचाहिं तपाईं पछिको हुनेछु। यो कुरा मेरा पिताले पनि जान्दछन्।”
१ शमूएल 23:16-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यहाँ जोनाथनले तिनलाई भेटे र परमेश्वरको सुरक्षामा विश्वास दिलाएर तिनको उत्साह बढाइदिए। तिनले यसो भने, “नडराऊ, मेरा बुबा शाऊलले तिम्रो क्षति गर्न सक्नेछैनन्। तिमी इस्राएलका राजा हुनेछौ र मेरो स्थान तिम्रो पछि हुनेछ भनी उनी राम्ररी जान्दछन्।”