मत्ती 3

3
बप्‍तिस्मा दिने यूहन्‍नाले बाटो तयार पारेका
1ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्‍तिस्मा दिने यूहन्‍ना प्रचार गर्दै यसो भन्दै आए, 2“पश्‍चात्ताप गर, किनकि स्वर्गको राज्य नजिकै आइपुगेको छ।” 3यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्‍ताले यसो भनेका थिए:
“उजाडस्थानमा कराउने एकजनाको आवाज,
‘प्रभुको बाटो तयार पार,
उहाँको निम्ति मार्ग सीधा बनाओ।’ ”#3:3 यशै 40:3
4यूहन्‍नाको लुगा ऊँटको रौँले बनेको थियो, अनि तिनले कम्मरमा छालाको पटुका बाँधेका थिए। तिनको भोजन सलह र वनमह थियो। 5यरूशलेम, सबै यहूदिया अनि यर्दनका सम्पूर्ण इलाकाबाट मानिसहरू तिनीकहाँ गए। 6आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा#3:6 बप्‍तिस्मा पाप पश्‍चात्तापको लागि पानीमा डुबिने विधि येशू ख्रीष्‍टको मृत्यु, दफन र पुनर्जीवनमा उहाँसँगै एक भएको भनी बाहिरी प्रमाणको रूपमा दिइने र लिइने विधि। लिए।
7तर जब तिनले आफूले बप्‍तिस्मा दिइरहेको ठाउँमा फरिसी र सदुकीहरूलाई आइरहेका देखे, तिनले भने: “हे सर्पका सन्तानहो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो? 8पश्‍चात्तापअनुसारको फल फलाओ। 9अनि आफै ‘हामी अब्राहामका वंशज हौं’ भन्‍ने नठान। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ। 10रूखको जरामा बन्चरो परिसकेको छ। अनि असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।
11“म ता तिमीहरूलाई पश्‍चात्तापको लागि पानीको बप्‍तिस्मा दिन्छु। तर मपछि मभन्दा शक्‍तिशाली एकजना आउनुहुनेछ, जसको जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ। 12उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ, अनि उहाँले आफ्नो खला सफा गर्नुहुनेछ र गहुँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
येशूको बप्‍तिस्मा
13त्यसपछि येशू यूहन्‍नाद्वारा बप्‍तिस्मा लिनलाई गालीलबाट यर्दनमा आउनुभयो। 14तर यूहन्‍नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “मलाई पो तपाईंबाट बप्‍तिस्मा हुनु खाँचो छ, तर के तपाईं मकहाँ आउने?”
15येशूले जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ: सबै धार्मिकता पूरा हुनालाई हाम्रो लागि यो गर्नु नै उचित छ।” तब यूहन्‍ना राजी भए।
16येशूले जब बप्‍तिस्मा लिनुभयो, उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो, अनि उहाँले परमेश्‍वरको आत्मालाई ढुकुरझैं ओर्लंदै आएर आफूमाथि बस्‍नुभएको देख्नुभयो। 17अनि स्वर्गबाट एउटा आवाजले यसो भन्यो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्‍न छु।”

നിലവിൽ തിരഞ്ഞെടുത്തിരിക്കുന്നു:

मत्ती 3: NCV

ഹൈലൈറ്റ് ചെയ്യുക

പങ്ക് വെക്കു

പകർത്തുക

None

നിങ്ങളുടെ എല്ലാ ഉപകരണങ്ങളിലും ഹൈലൈറ്റുകൾ സംരക്ഷിക്കാൻ ആഗ്രഹിക്കുന്നുണ്ടോ? സൈൻ അപ്പ് ചെയ്യുക അല്ലെങ്കിൽ സൈൻ ഇൻ ചെയ്യുക

നിങ്ങളുടെ അനുഭവം വ്യക്തിപരമാക്കാൻ യൂവേർഷൻ കുക്കികൾ ഉപയോഗിക്കുന്നു. ഞങ്ങളുടെ വെബ്‌സൈറ്റ് ഉപയോഗിക്കുന്നതിലൂടെ, ഞങ്ങളുടെ കുക്കികളുടെ ഉപയോഗം ഞങ്ങളുടെ സ്വകാര്യതാ നയം-ത്തിൽ വിവരിച്ചിരിക്കുന്നതുപോലെ നിങ്ങൾ അംഗീകരിക്കുന്നു