BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

हामीले अध्ययनलाई जारी राख्ने क्रममा, अरू राष्ट्रका यहूदी मानिसहरूले येशूलाई पछ्याउन थालेका कारण येशूको अभियान तीब्र गतीमा वृद्धि भइरहेको देख्छौं। तिनीहरूले पवित्र आत्माको शक्ति प्राप्त गरेपछि तिनीहरूको जीवन परिवर्तन हुन्छ अनि समुदाय पूर्ण रूपमा नयाँ तरिकाले, आनन्द र उदारताको साथ जिउन थाल्छ। तिनीहरू एकसाथ भेला भई दैनिक खानपान गर्छन्, एक-अर्कासँग मिलेर नियमित रूपमा प्रार्थना गर्छन् र आफूबीच भएका गरिबहरूलाई दिन आफूसँग भएका थोकहरू समेत बेच्छन्। परमेश्वरको उपस्थिति मन्दिरमा नभई मानिसहरूमा रहने यस नयाँ करार अन्तर्गत जिउनुको अर्थ तिनीहरूले सिक्छन्।
सायद तपाईंलाई लेवीको पुस्तकमा उल्लेख गरिएको दुई जना पूजाहारीहरूको एउटा अनौठो कथाबारे थाहा छ होला । ती पुजाहारीहरूले मन्दिरमा परमेश्वरको अनादर गरे र अचानक मरे। आजको पढाइमा, लूकाले दुई जना मानिसहरूबारे उस्तै कथा बताउँछन् जसले नयाँ मन्दिरको पवित्र आत्माको अनादर गरे र मरे। चेलाहरू सचेत हुन्छन्। तिनीहरूले यस नयाँ करारको गम्भीरतालाई बुझ्छन् र चेतावनी प्राप्त गर्छन् अनि नयाँ मन्दिरको भ्रष्टतालाई सुधार गरिन्छ। तर धार्मिक मन्दिरका अगुवाहरूले येशूका जन र उहाँको सन्देशक विरुद्ध निरन्तर लडाइँ गरेकोले गर्दा पुरानो मन्दिर भवनको भ्रष्टता रही नै रहन्छ। प्रेरितहरूको कारण प्रधान पुजाहारी र उनका अधिकारीहरूले यति खतरा महसुस गर्छन् कि तिनीहरूले प्रेरितहरूलाई फेरि झ्यालखानमा हाल्छन् तर स्वर्गदूतले तिनीहरूलाई कैदबाट निकाल्छन् र मन्दिरमा गएर येशूको राज्य सन्देश निरन्तर बाँड्न भन्छन्। धर्मगुरुहरूले प्रेरितहरूलाई येशूबारे प्रचार गर्न बन्द गर्नू भनी जोर-जबर्जस्ती गर्छन् तर प्रेरितहरूले आफ्नो कार्य जारी राख्छन्। यसले गर्दा धर्मगुरुहरू तिनीहरूलाई मार्न तयार हुन्छन् तर गमालिएल नामक व्यक्तिले यदि तिनीहरूको सन्देश परमेश्वरबाट नै आएको हो भने त्यसलाई कुनै कुराले पनि रोक्न सक्दैन भन्ने तर्क गर्दै धर्मगुरुहरूलाई रोक्छन्।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Leviticus | Reading Plan + Study Questions
