1
मर्कूस 4:39-40
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्वास छैन?”
Comparar
Explorar मर्कूस 4:39-40
2
मर्कूस 4:41
तिनीहरू निकै डराए, र आपसमा भने, “यिनी को हुन्? आँधी र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!”
Explorar मर्कूस 4:41
3
मर्कूस 4:38
येशूचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्न?”
Explorar मर्कूस 4:38
4
मर्कूस 4:24
उहाँले अझै भन्नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसलाई होसियारीसाथ विचार गर। जुन नापले तिमीहरू अरूहरूलाई नाप्दछौ, तिमीहरू पनि त्यही नापले अर्थात् अझै बढ्ता गरी नापिनेछौ।
Explorar मर्कूस 4:24
5
मर्कूस 4:26-27
उहाँले फेरि भन्नुभयो, “परमेश्वरको राज्य यस्तो छ: जब एक जना मानिसले जमिनमा बिउ छर्छ, राति र दिउँसो, ऊ सुते पनि वा उठे पनि, त्यो बिउ उम्रन्छ; अनि बढ्छ। यद्यपि, यो कसरी हुन्छ सो उसले जान्दैन।
Explorar मर्कूस 4:26-27
6
मर्कूस 4:23
यदि कसैका सुन्ने कानहरू छन् भने त्यसले सुनोस् र बुझोस्।”
Explorar मर्कूस 4:23
Início
Bíblia
Planos
Vídeos