BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितPrøve
तीन र चार अध्यायमा, लूकाले हामीलाई परमेश्वरको आत्माको शक्तिले कसरी येशूका अनुयायीहरूलाई साहसका साथ उहाँको राज्यबारे बताउन सक्षम तुल्याउँछ भनेर देखाउँछन्। उनले येशूका चेलाहरू पत्रुस र यूहन्नाले आत्माको शक्तिद्वारा पक्षघाती मानिसलाई निको पारेको कथा बताउँदै विवरण शुरु गर्छन्। यो चमत्कार देख्ने मानिसहरू चकित हुन्छन् र पत्रुसले नै त्यो काम गरेको जस्तै गरी तिनीहरूले उनलाई हेर्छन्। तर पत्रुसले त्यो चमत्कारको श्रेय येशूलाई नै दिनुपर्ने कुरा भीडको अघि गर्छन् र येशू कसरी सबै मानिसहरूको पुनर्स्थापनाको लागि मर्नुभयो र फेरि बौरी उठ्नुभयो भनेर बताउँछन्।
मन्दिरमा भएका मानिसहरूले नै येशूलाई मृत्युदण्ड दिएका हुन् भन्ने कुरा पत्रुसलाई थाहा छ, त्यसकारण उनले त्यस मौकाको फाइदा उठाउँदै येशूबारे तिनीहरूको मन परिवर्तन गरी पाप क्षमा पाउन तिनीहरूलाई निमन्त्रणा दिन्छन्। यसको प्रतिक्रिया स्वरूप, हजारौंले पत्रुसको सन्देशमा विश्वास गर्छन् र येशूलाई पछ्याउन थाल्छन्। तर सबैले यसो गर्दैनन्। पत्रुसले येशूको नाममा प्रचार गरिरहेको र चङ्गाइ गरिरहेको देख्दा धार्मिक अगुवाहरू क्रोधित हुन्छन् र तिनीहरूले तुरुन्तै पत्रुस र यूहन्नालाई पक्राउ गर्छन्। अपाङ्ग मानिस कसरी हिँड्न थाल्यो त्यसबारे व्याख्या गर्न धार्मिक अगुवाहरूले पत्रुस र यूहन्नालाई माग गर्छन् अनि पवित्र आत्माले पत्रुसलाई येशू मात्र तिनीहरूलाई बचाउन सक्ने नाम हो भनेर बताउन शक्ति दिनुहुन्छ। पत्रुसको निडर सन्देश सुनेर अनि यूहन्नाको आत्मविश्वास देखेर धार्मिक अगुवाहरू चकित हुन्छन्। येशूको कारण पत्रुस र यूहन्ना कति धेरै परिवर्तन भएका छन् सो तिनीहरूले देख्न सक्छन् अनि पत्रुस र यूहन्नाले गरेको चमत्कारलाई तिनीहरूले नकार्न सक्दैनन्।
पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:
• येशूको पुनरुत्थानलाई देखेर अनि पवित्र आत्माको शक्ति प्राप्त गरेर पत्रुस नयाँ व्यक्ति बन्छन्। यो गजबको कुरा हो! आफै हेर्नुहोस्। पवित्र आत्मा प्राप्त गर्नुभन्दा अघि पत्रुसले आफ्ना प्रश्नकर्ताहरूलाई दिएको प्रत्युत्तरलाई (लूका २२:५४-६२ हेर्नुहोस्) उनले पवित्र आत्मा प्राप्त गरिसकेपछि दिएको प्रत्युत्तरसँग (प्रेरित ४:५-१४ हेर्नुहोस्) तुलना गर्नुहोस्। विस्तृत विवरणलाई ध्यान दिनुहोस्। ती दुई दृश्यहरू बीचको समानता र भिन्नतालाई याद गर्नुहोस्। तपाईंले के अवलोकन गर्नुभयो? ?
• तपाईंलाई वा तपाईंले चिनेको कसैलाई येशूले कुन निश्चित तरिकामा परिवर्तन गर्नुभएको छ?
•तपाईंको पढाइ र मननले प्रार्थना गर्न प्रेरणा देओस्। के कुराले तपाईंलाई अचम्मित् तुल्यायो त्यसबारे परमेश्वरसँग कुरा गर्नुहोस्, आफूलाई खाँचो परेको कुराबारे इमानदार हुनुहोस् र आफ्नो जीवन परिवर्तन गर्न उहाँलाई आमन्त्रित गर्नुहोस्।
Om denne planen
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्नहरूलाई समावेश गरेको छ।
More