उहाँले हामीलाई नाम काटेर बोलाउनुहुन्छनमूना

ब्वाँसो
यो एक चेतावनी हो। हाम्रो एक शत्रु छ र त्यसको मुख्य उद्देश्य चोरी गर्नु, मार्नु र नष्ट पार्नु हो। त्यो बेलामौकामा भेडाको रूपमा प्रस्तुत भई बगालमा मिसिन खोजिरहेको हुन्छ। हामीले परमेश्वरको वचन जान्न र परमेश्वर को हुनुहुन्छ र को हुनुहुन्न भनेर थाहा पाउन अत्यन्त महत्त्वपूर्ण छ। कुनै चीज ज्योति जस्तै देखिन सक्छ, तर यदि त्यो परमेश्वरको वचनसँग मेल खाँदैन भने, त्यो अन्धकार हो र त्यसले तपाईंलाई खतरनाक बाटोमा लैजान्छ। परमेश्वरले तपाईंलाई उहाँको वचनको सीमाभन्दा बाहिरको काम गर्न कहिल्यै पनि लगाउनुहुन्न। उहाँले कहिल्यै आफूले भन्नुभए विपरित गर्नुहुन्न। याद गर्नुहोस् कि हाम्रो शत्रु चतुर, डरलाग्दो र धेरै धुर्त छ। उत्पत्तिमा, अदनको बगैंचामा, जब सर्प पहिलो पटक दृश्यमा आयो, त्यसले हव्वालाई सोध्छ, "के परमेश्वरले साँच्चै भन्नुभएको छ...?" त्यसले परमेश्वरको वचनलाई घुमाउँछ र शंकाको बीउ रोप्छ।
१ यूहन्ना ४:१ ले भन्छ, "प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।" यदि कोही अलमल्लमा परेको छ वा स्पष्टता चाहिन्छ भने, परमेश्वरले बाइबलमा बताउनु भएको छ कि हामीले उहाँलाई सोध्न सक्छौँ र उहाँले हामीलाई उहाँका सत्यहरू प्रकट गर्नुहुनेछ (याकूब १:५)। जब हामी येशूलाई खोज्छौं, हामीले उहाँलाई भेट्टाउनेछौं र के कुरा उहाँबाट हो र के उहाँबाट होइन भनेर हामीले चिन्नेछौं। यदि कोही भेडा जस्तै देखिन्छ र भेडा जस्तै काम गर्दछ, तर धर्मशास्त्रलाई घुमाउँछ भने... भाग्नुहोस्! तपाईंको खोरमा ब्वाँसो छ।
धर्मशास्त्र
यस योजनाको बारेमा

धेरैपटक मान्छे भेडाजस्तै हुन्छ। भेडाहरू जस्तै, हामीलाई जीवनको बाटोमा डोऱ्याउन गोठालो चाहिन्छ। येशू हाम्रो असल गोठालो हुनुहुन्छ। उहाँले हामीलाई नाम काटेरले बोलाउनुहुन्छ, हामीलाई बन्धनबाट छुटाउनुहुन्छ, हामी हराएको बेला फेला पार्नुहुन्छ, हामीलाई नजिकबाट चिन्नुहुन्छ, र हानिबाट जोगाउनुहुन्छ। उहाँले हामीलाई अगुवाइ मात्र गर्नुहुन्न, तर हामीलाई प्रेम गर्नुहुन्छ। येशूले हाम्रो लागि आफ्नो जीवन अर्पण गर्नुभयो। यस पाँच दिने अध्ययनमा मसँग सामेल हुनुहोस् र येशूले हामीलाई कसरी विभिन्न तरिकाले गोठालो गर्नुहुन्छ भन्ने कुरालाई हेरौँ।
More
सम्बन्धित भक्त्ति पाठहरू
इस्राएल र यहूदी जातिप्रति घृणा

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

ख्रीष्टको अनुसरण गर्नु

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
