YouVersion लोगो
खोज आइकन

चिन्तालाई यसकै खेलमा हराउनुनमूना

चिन्तालाई यसकै खेलमा हराउनु

दिन 4 को 4

गहिरो स्वास फेर्नु

हाम्रो मानव शरीरमा एक स्वायत्त स्नायु प्रणाली छ जसमा दुईवटा उप-प्रणालीहरू छन् जसलाई सिम्पेथेटिक र प्यारासिम्पेथेटिक स्नायु प्रणाली भनिन्छ। पहिलो प्रणालीले हाम्रो चिन्ता प्रतिक्रियाहरूलाई नियन्त्रण गर्दछ जुन लडाई,उडान र डराउने संयन्त्र हो। यी प्रतिक्रियाहरूले हृदय गति,उच्च रक्तचाप र कोर्टिसोलको स्राव बढाउँछ। दोस्रो प्रणाली,प्यारासिम्पेथेटिकस्नायु प्रणाली चिन्ताको प्रतिक्रिया अवरोध गर्न विश्राम र आरामको संयन्त्र हो। यो तब सक्रिय हुन्छ जब हामी गहिरो सास फेर्छौं,हाम्रो छातीबाट होइन जुन हामी सामान्यतया गर्छौं तर जब हामी हाम्रो डायाफ्रामबाट सास लिन्छौं। यसको लागि ध्यानपूर्वक सास लिन र सास फाल्न आवश्यक छ ताकी त्यहाँ कुनै खतरा नभएर दिमागको अमिग्डाला क्षेत्रलाई शान्त हुन र आराम गर्नको लागि संकेत पठाउनको सकियोस्। किन यो सानो विज्ञान पाठ?यो प्रमाणित भएको छ कि गहिरो श्वासप्रश्वास र चिन्ता प्रतिक्रियामा कमी बीचको सीधा सम्बन्ध छ। यदि तपाईँलाई आतंककारी आक्रमण भएको छ भने तपाईँलाई थाहा छ कि तपाईँले सामना गर्नुहुने सबै लक्षणहरु सँग,तपाईँको सल्लाहकारले तपाईँको शरीरलाई शान्त पार्न तपाईँको सास फेर्नमा ध्यान केन्द्रित गर्न सिकाउनेछ। पृथ्वीमा हामी सबै मानिस एक कुशल सृष्टिकर्ताद्वारा सृष्टि गरिएको हो जसले कुनै गल्ती गरेनन्। जब उहाँले हामीलाई सृष्टि गर्नुभयो उहाँले हाम्रो नाकमा जीवनको सास फुक्नुभायो र यही कुराले हामीलाई मृत्युमा आँखा बन्द नगरेसम्म र सासले हाम्रो शरीर नछोडेसम्म हाम्रो जीवन कायम राख्छ। येशुलाई व्यक्तिगत रूपमा हाम्रो मुक्तिदाताको रूपमा चिन्दै र हाम्रो जीवनमा उहाँको आवश्यकतालाई स्वीकार गर्दै,हामी पवित्र आत्मालाई निम्तो दिन्छौं जो हिब्रूमा रुहक हकोडेस हो। रुहकशब्द जसको अर्थ "आत्मा" हो यसको अर्को अर्थ "हावा" वा "श्वास" पनि हो। येशुले उहाँका चेलाहरूलाई उहाँको पुनरुत्थान पछि भेट्नुभयो र तिनीहरूलाई पवित्र आत्मा प्राप्त गर्न आग्रह गर्नुभयो। पुरानो नियममाअगमवक्ता इजकिएललाई सुख्खा हड्डीहरूको उपत्यकाको दर्शन दिइएको छ। उनलाई यी हड्डीहरू (जसले इस्राएलका मानिसहरूलाई प्रतिनिधित्व गर्दछ) अगमवाणी गर्न र प्रभुको लागि सेना खडा गर्न भनिएको छ। त्यसपछि उनलाई विशेष गरी पृथ्वीको ४ हावाहरूबाट हड्डीहरूमा सास दिने आदेश दिन भनिन्छ ताकि तिनीहरूलाई जीवित पारिन सकियोस्। के यो स्पष्ट छैन कि हाम्रो जीवनको सास हाम्रो अस्तित्वको लागि महत्त्वपूर्ण छ?जब चिन्ताले हामीलाई समात्छ,यसले हामीलाई पक्षाघात बनाउँछ र कहिलेकाहीँ हामीबाट जीवनलाई निसासाउने धम्की दिन्छ। यो त्यहि समय हो जुन बेला हामीले हाम्रो शरीरमा नियन्त्रण पुन: दावी गर्छौं जुन पवित्र आत्माको मन्दिर हो। तपाईँले लिनु भएको हरेक सास हाम्रो जीवन दिने पवित्र आत्माको थप सास हो र प्रत्येक सास फेर्नु भनेको परमेश्वरबाट प्राप्त नभएको सबै कुराको मुक्ति हो। अर्को पटक तपाईँको विचारहरू नियन्त्रण बाहिर आउन थालेपछि,तपाईँको दिमागमा पज बटन थिच्नुहोस् र परमेश्वरको गहिरो सास फेर्नुहोस् (भजन संग्रह ४२) र बिस्तारै सास फेर्नुहोस् र परमेश्वरको प्रेमलाई तपाईँलाई पखाल्न र परमेश्वरको शान्तिले थकित आत्मालाई सन्तुष्ट गर्न दिनुहोस्।

प्रार्थना:

प्रिय प्रभु,

म प्रण गर्दछु कि मेरो शरीरको प्रत्येक सासले म तपाईँलाई आराधना गर्नेछु र तपाईँले पाउन पर्ने योग्यको सबै महिमा दिनेछु। मलाई तपाईँलाई अन्य स्तरमा अनुभव गर्न मद्दत गर्नुहोस् र येशुमा मलाई प्रतिज्ञा गरिएको प्रशस्तताको पूर्णताको अनुभव गर्न सकूँ। म चिन्ताबाट पूर्ण स्वतन्त्रता र चंगाईको अनुभव गर्न सकूँ प्रभु। जहिले पनि म चिन्तित महसुस गर्छु,म तपाईँलाई मेरो परिस्थितिमा आमन्त्रित गर्न सकूँ र मेरो हेरचाहका लागि तपाईँमा विश्वास गर्न सकूँ।

यी सबै म येशुको नाममा माग्दछु

आमेन।

दिन 3

यस योजनाको बारेमा

चिन्तालाई यसकै खेलमा हराउनु

आफ्ना सबै रूपहरूमा चिन्ताले कमजोर पारिदिन सक्छ किनकि यसले हाम्रो सन्तुलनलाई बिगारेर छोड्न सक्छ र हामीलाई डरमा बाँध्न सक्छ। यद्यपि यो कथाको अन्त्य चाहिँ होइन, किनकि येशुमा हामीले सङ्घर्षलाई जित्नको लागि स्वतन्त्रता र अनुग्रह पाउँदछौँ। हामी यसलाई पार मात्र गर्दैनौं तर हामी अझ राम्रो बन्न सक्छौँ जसकारण परमेश्वरको वचन र परमेश्वरको उपस्थितिको निरन्तर पुन:आश्वासन लागि धन्यवाद होस्।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.wearezion.co/bible-plan