BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

तीन र चार अध्यायमा, परमेश्वरको आत्माको शक्तिले कसरी येशूका अनुयायीहरूलाई साहसका साथ राज्यबारे बताउन सक्षम तुल्याउँछ भनेर लूका हामीलाई देखाउँछन्। उनले येशूका चेलाहरू पत्रुस र यूहन्नाले आत्माको शक्तिद्वारा पक्षघाती मानिसलाई निको पारेको कथा बताउँदै विवरण सुरु गर्छन्। यो चमत्कार देख्ने मानिसहरू चकित हुन्छन् र पत्रुसले नै त्यो काम गरेको जस्तै गरी तिनीहरूले उनलाई हेर्छन्। तर पत्रुसले त्यो चमत्कारको श्रेय येशूलाई नै दिनुपर्ने ठोकुवा भीडको अघि गर्छन् र येशू कसरी सबै मानिसहरूको पुनर्स्थापनाको लागि मर्नुभयो र फेरि बौरी उठ्नुभयो भनेर बताउँछन्।
मन्दिरमा भएका मानिसहरूले नै येशूलाई मृत्युदण्ड दिएका हुन् भन्ने कुरा पत्रुसलाई थाहा छ, त्यसकारण उनले त्यस मौकाको फाइदा उठाउँदै येशूबारे तिनीहरूको मन परिवर्तन गरी पापक्षमा पाउन तिनीहरूलाई निमन्त्रणा दिन्छन्। यसको प्रतिक्रिया स्वरूप, हजारौंले पत्रुसको सन्देशमा विश्वास गर्छन् र येशूलाई पछ्याउन थाल्छन्। तर सबैले यसो गर्दैनन्। पत्रुसले येशूको नाममा प्रचार गरिरहेको र चङ्गाइ गरिरहेको देख्दा धार्मिक अगुवाहरू क्रोधित हुन्छन् र तिनीहरूले तुरुन्तै पत्रुस र यूहन्नालाई पक्राउ गर्छन्। अपाङ्ग मानिस कसरी हिँड् थाल्यो त्यसबारे व्याख्या गर्न धार्मिक अगुवाहरूले पत्रुस र यूहन्नालाई माग गर्छन् अनि पवित्र आत्माले पत्रुसलाई येशू मात्र तिनीहरूलाई बचाउन सक्ने नाम हो भनेर बताउन शक्ति दिन्छ। पत्रुसको निडर सन्देश सुनेर अनि यूहन्नाको आत्मविश्वास देखेर धार्मिक अगुवाहरू चकित हुन्छन्। येशूको कारण पत्रुस र यूहन्ना कति धेरै परिवर्तन भएका छन् सो तिनीहरूले देख्न सक्छन् अनि पत्रुस र यूहन्नाले गरेको चमत्कारलाई तिनीहरूले नकार्न सक्दैनन्।
धर्मशास्त्र
यस योजनाको बारेमा

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
हामी यो योजना प्रदान गर्नका लागि बाइबलप्रोजेक्सलाई धन्यवाद दिन चाहन्छौं। अधिक जानकारीको लागि भ्रमण गर्नुहोस्: https://bibleproject.com
Related Plans

उद्धार

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

बोलावट

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

पुनस्थापनालाई रोज्नु

ग्रेसको गान (Anthem of Grace)

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
