YouVersion लोगो
खोज आइकन

BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सनमूना

BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्स

दिन 16 को 40

येशू आउँदै गरेको निस्तार चाडको लागि यरूशलेममा पर्खंदै गर्दा, उहाँ मन्दिरमा दिनहुँ परमेश्वरको राज्यको प्रकृति र आउनेवाला कुराहरू सिकाउनुहुन्थ्यो। एक पटक येशू माथि हेर्नुहुन्छ र धेरैजना धनी मानिसहरूले मन्दिरको भण्डारमा ठूलो दान दिएको र गरिब विधवाले दुई पैसा मात्र दान गरेको देख्नुहुन्छ। येशू जान्नुहुन्छ कि धनी मानिसहरूले आफुहरूलाई खाँचो नभएको कुराहरू चढाए तर विधवाले आफूसँग भएको सबै कुरा दिइन। त्यसैले उहाँ बोल्नुहुन्छ र सुन्नेहरू सबैलाई भन्नुहुन्छ, ""यस गरीब विधवाले अरू सबैले भन्दा धेरै दिइन।"" 


हेर्नुहोस् त येशू अरू राजाहरू जस्तो हुनुहुन्न जसले ठूला चन्दाका कारण धनीहरूलाई महत्त्व दिनुहुन्छ। उहाँको राज्यमा, धेरै दिनको लागि मानिसहरूलाई धेरै कुराको आवश्यक पर्दैन। येशूले सिकाउनुहुन्छ, यस संसारको धनको अन्त्य हुँदैछ र उहाँको राज्य नजिकै आउँदैछ, त्यसकारण त्यसको सट्टा उहाँले आफ्ना चेलाहरूलाई उनीहरूको हृदयलाई व्यर्थका कुरा र चिन्ताबाट जोगिन उहाँमा भर पर्न भन्नुहुन्छ (पद २१:१३-१९, ३४-३६)। 


धर्मशास्त्र

दिन 15दिन 17

यस योजनाको बारेमा

BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्स

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।

More

हामी यो योजना प्रदान गर्नका लागि बाइबलप्रोजेक्सलाई धन्यवाद दिन चाहन्छौं। अधिक जानकारीको लागि भ्रमण गर्नुहोस्: https://bibleproject.com