तपाईसँग असहमत हुने मानिसहरूलाई कसरी माया गर्नेSample
![How To Love People You Disagree With](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F20037%2F1280x720.jpg&w=3840&q=75)
अनुग्रह र सत्य
हामी व्यक्तिगत कक्षाकोठाको संसारमा बाँचिरहेका छौँ, किनकि हामीलाई अरूको अनुभवबाट सिकाइन्छ। हामी मध्ये केहीले हाम्रो जीवनमा दर्दनाक घटनाहरू सहेका छौँ र परमेश्वरको अनुग्रहले गर्दा, हामी बाँचेका छौँ, छुटकारा पाएका छौँ, र ख्रीष्टमा पूर्ण रूपमा नयाँ बनेका छौँ! यो सबैको लागि होइन। कसै-कसैले अनुभव गरेको धेरै पीडा र अशान्तिले नै उनीहरूलाई परमेश्वर बाट फर्कन प्रेरित गरेको छ। त्यस कारणले गर्दा, तिनीहरूको दृष्टिकोण येशूका अनुयायीहरूको रूपमा हाम्रो भन्दा धेरै फरक देखिन्छ।
जब हामीले हाम्रो विपरीत विश्वास भएका मानिसहरूलाई भेट्छौँ, हामीले बुझ्नुपर्छ कि हामी येशूको प्रतिनिधित्व गर्दैछौँ, र तिनीहरूको जीवन परिवर्तन गर्न परमेश्वरले प्रयोग गर्ने उत्प्रेरक हामी हुन सक्छौँ। यहीबाट सत्यता, अनुग्रहले ढाकिएर आउँछ। अक्सर, जब मानिसहरू हामीसँग असहमत हुन्छन्, हाम्रो रिस उठ्छ र हामी हाम्रो विश्वास र हाम्रो परमेश्वरको रक्षा गर्न चाहन्छौँ। यो यी क्षणहरू हो जहाँ हामी सत्य बोल्न सक्छौँ र गर्नुपर्छ पनि, तर साथसाथै पवित्र आत्माले हामीलाई नेतृत्व गर्न अनुमति दिनुहोस् ताकि हामी हाम्रा पापी इच्छाहरूमा फस्न नपरोस्। जब हामी पवित्र आत्माको अगुवाई अनुसार हिड्छौँ, हामीले पवित्र आत्माको फल प्रदर्शन गर्नेछौं: प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम ।
यदि हामीले आफूलाई भन्दा स्पष्ट रूपमा फरक विश्वास भएको कसैसँग छलफलमा पायौँ भने, हामीसँग सबै जवाफहरू छैनन् भनी स्वीकार गर्न ठीक हुन्छ। येशूका अनुयायीहरूको रूपमा, हामीलाई परमेश्वरको बारेमा सबै कुरा थाहा छैन। यदि हामीले थाहा गर्यौँ भने, हामी उहाँ नै हुनेछौँ। तर, पास्टर एन्डी स्टेनलीले भनेजस्तै, "कुनै कुरामा विश्वास गर्न तपाईले सबै कुरा बुझ्नुपर्छ भन्ने छैन।" त्यसकारण, इमानदार हुनुहोस् र उनीहरूलाई थाहा दिनुहोस् कि तपाई अझै आफ्नो विश्वासमा सिक्दै र बढ्दै हुनुहुन्छ।
अन्ततः, हाम्रो जीवनमा हामी सहमत नभएका व्यक्तिहरू हुनुले वास्तवमा हामीलाई बलियो बनाउँछ। यदि हामी आफूलाई सधैँ सहमत भएका व्यक्तिहरूसँग मात्र घेर्छौँ भने, हामी कहिल्यै बढ्नेछैनौँ। र जसरी हामी अरूबाट सिक्छौँ, यदि कुराहरूमा हाम्रो दृष्टिकोण परिवर्तन हुन्छ भने यो ठीक छ। हुनसक्छ हामीले हाम्रो भन्दा फरक राजनीतिक मुद्दाको बारेमा कसैको दृष्टिकोण सुन्छौँ, र वास्तवमा तिनीहरूसँग हामी सहमत छौं भनेर निर्णय गर्न सक्छौँ। तर, ख्रीष्टका अनुयायीहरूको रुपमा, हामीले यो याद राख्नु पर्छ कि सत्यको आफ्नै संस्करण अपनाउनु भनेको परमेश्वरले हामीलाई बोलाउनु भएको होइन। हामी सधैँ एक ईश्वरीय दृष्टिकोण संग हाम्रो विचारलाई राख्छौँ। हामीले उहाँको सत्यता अनुसार जिउनुपर्छ।
येशूका अनुयायीहरूको रुपमा, के हामी केही प्रचलनमा रहेका मुद्दाहरूमा हाम्रो विश्वासको बारेमा बढी भावुक हुन्छौँ कि हामीले अरूलाई माया गर्नुपर्छ भनेर बिर्सन्छौँ? यदि आफ्नो अडानसँग बढी चिन्तित हुन्छौँ नाकी हामी मानिसहरूलाई माया गर्ने कुरामा जसको निम्ति परमेश्वरले आफ्नो पुत्रलाई मर्नको लागि पठाउनुभयो, तब हामीले साँच्चै चिन्ह गुमाएका हुन्छौँ। यी चाहनाहरूले हाम्रो आत्मिक बोलावोटलाई कहिल्यै ओझेलमा पार्न सक्दैनन्। यदि तिनीहरूले गर्छन् भने, हामी हाम्रो स्वर्गीय पिताको महिमा गर्नुको सट्टा पार्थिव मुद्दाहरूको महिमा गर्दैछौँ।
धर्मशास्त्र
यस योजनाको बारेमा
![How To Love People You Disagree With](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F20037%2F1280x720.jpg&w=3840&q=75)
संसारमा आठ अर्ब मानिसहरू बसोबास गर्छन्, त्यहाँ कोही पनि छैन जसले तपाईसँग सबै कुरामा पूर्ण रूपमा सहमत हुनेछ। सामाजिक अन्याय, राजनीति, समसामयिक घटनाक्रम र धर्मप्रतिको हाम्रो दृष्टिकोण अद्वितीय छ। तर हाम्रा भिन्नताहरूमा पनि, हामीले साझा आधार फेला पार्न सक्छौँ र गर्नुपर्छ। यस ५-दिने योजनामा, तपाईले दया र नम्रताका साथ सत्य बोलेर मानिसहरूलाई कसरी माया गर्ने, आदर गर्ने र समानुभूति दिने सिक्नुहुनेछ।
More