YouVersion लोगो
खोज आइकन

मण्डलीनमूना

The Church

दिन 6 को 10

संस्कार हरू के-के हुन्?

संस्कारहरूमा बप्तिस्मा र प्रभुभोज समावेश छ, जुन परमेश्‍वरको अनुग्रहका चिन्हहरू हुन् जुन हामी उपासनामा सँगै अनुभव गर्दछौं।

प्रोटेस्टेन्ट चर्चले बप्तिस्मा र प्रभुको भोज गरी दुई मुख्य संस्कारहरू मनाउँदछ। संस्कार केवल एक शब्द हो, चर्चले परमेश्‍वर र उहाँका जनहरूको विशेष सम्बन्ध भएको तरिकाहरू उल्लेख गर्न प्रयोग गर्दछ।

बप्तिस्माले येशूको मृत्यु र पुनरुत्थानमा भाग लिएको प्रतिनिधित्तिव गर्दछ । जब हामी पानीमुनि तल झारिन्छौं तब हामी येशूसँगै गाडिन्छौं, र जब हामी पानीबाट बाहिर निस्कन्छौं तब हामी येशूसँगै बौरी उठ्छौं।यस घटनाले हामीलाई कसरी ख्रीष्टमा नयाँ सृष्टि र ख्रीष्टको शरीरको अङ्ग बनाइएको छ भनेर देखाउँछ।

प्रभुको भोज इशाई विश्वासमा हाम्रो प्रवेशलाई सङ्केत गर्ने संस्कार होइन, बरु यसमा हाम्रो निरन्तर सहभागिता हो । येशू आफैले आफ्नो मृत्युहुनुभन्दा केही समयअघि नै यो संस्कार स्थापना गर्नुभयो। जब उहाले त्यसो गर्नुभयो , उहाले जानाजानी प्रस्थानको कथा लाई उद्घाटित गर्नुभयो ।

प्रस्थानको समयमा, जब परमेश्‍वरले इस्राएललाई मिश्रको दासत्वबाट मुक्त गर्न लाग्नुभएको थियो, उहाँले आफ्ना जनहरूलाई एउटा थुमा मार्न र मृत्युबाट तिनीहरूको मुक्तिको प्रतीकको रूपमा रोटी र दाखरस लिन भन्नुभयो। यस भोजनलाई निस्तार चाड भनिन्थ्यो। क्रूसमा टाँगिनुभन्दा केही दिनअघि येशूले आफ्ना चेलाहरूलाई माथिल्लो कोठामा लैजानुहुँदा र रोटी र दाखरस लिएर आफ्ना चेलाहरूलाई आफ्नो शरीर र रगतको प्रतीकको रूपमा दिनुबुदा उहाँले आफ्नो बलिदानको मृत्युलाई निस्तार चाडसित जोडिरहनुभएको थियो।

येशूले भनिरहनुभएको थियो कि उहाँको आफ्नै क्रूसमा टाँगिएको शरीर र रगत नै यस्तो माध्यम हुनेछ जसद्वारा तिनीहरूलाई पापबाट मुक्त गरिनेछ र परमेश्‍वरबाट अलग गरिनेछ। त्यसैले जब हामी प्रभुको भोज, रोटी र कचौरा ग्रहण गर्छौं जुन येशूको शरीर र रगतको प्रतीक हो, हामीले येशूको मृत्यु र पुनरुत्थानको लाभहरू प्राप्त गर्दछौं। येशूले हाम्रो लागि जित्नुभएको मुक्तिको सम्झना वा मान्यतामा हामी खान्छौं र पिउँछौं।

आफ्नो पुत्रमार्फत तपाईंलाई बचाउनुभएकोमा परमेश्‍वरलाई धन्यवाद दिन आज केही समय लिनुहोस्; यो त्यो अनुग्रह हो जुन हामी प्रभुको भोजमा सँगै अनुभव गर्दछौं।

दिन 5दिन 7

यस योजनाको बारेमा

The Church

फिडको क्याटेचिज्म प्रश्न र उत्तरहरूको एक शृङ्खला हो जसले व्यक्तिहरूलाई पवित्रशास्त्र अन्वेषण गर्न र परमेश्‍वरको कथा पत्ता लगाउन अनुमति दिन्छ। यो धर्मशास्त्रीहरू र मण्डलीका सेवकहरूको विविध समूहले लेखेको थियो र इतिहासका महान् क्याटेचिज्महरूद्वारा सूचित गरिएको थियो। यो फिड क्याटेचिज्म श्रृंखलामा नौ को भाग आठ हो: सृष्टि, पतन, करार + व्यवस्था, अवतार, मुक्ति, अनुग्रह + क्षमा, पवित्र आत्मा, चर्च, र नयाँ सृष्टि।

More

हामी यो योजना प्रदान गरेकोमा वानहोप (आन्तरिक नाम: उत्पादन विकास टोली) लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: http://feed.bible