YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

तपाईंको समय परमेश्वरको निम्ति प्रयोग गर्ने Sample

Using Your Time for God

दिन 2 को 4

आफ्नो समयको उद्धार गर्नु

समय एक महान स्तर हो। यो एक यस्तो स्रोत हो जुन निरपेक्ष समतावादी सर्तहरूमा विनियोजन गरिएको छ। यो प्रत्येक जीवित व्यक्तिसँग प्रत्येक दिन प्रयोग गर्नको लागि समान संख्यामा हुन्छ। व्यस्त मानिसहरूलाई दिनको घण्टाहरूमा थप विशेष बोनस दिइँदैन। घडीले कुनै मनपर्ने खेल्दैन.

हामी सबैसँग हरेक दिनको समय बराबर हुन्छ। चिन्नता केवल यही हो कि हामीलाई दिइएको समयलाई हामीले कसरी सदुपयोग वा बचत गर्दछौ । जब केहि कुरा उद्धार गरिन्छ, यो केहि नकारात्मक अवस्थाबाट बचाव वा खरिद गरिन्छ। अनि समयको आधारभूत नकारात्मक अवस्था फजुल अवस्था हो। समय बर्बाद गर्नु भनेको थोरै वा कुनै मूल्य नभएको कुरामा खर्च गर्नु हो.

स्वर्गीय भिन्स लोम्बार्डीले यो उखान प्रस्तुत गरे, “मैले कहिल्यै खेल हारिन, केवल मेरो समय सकिएको मात्र हो ।” यो स्पष्टीकरणले खेलकुदको सबैभन्दा नाटकीय तत्वहरू मध्ये एकलाई औंल्याउँछ – समय विरुद्धको दौड। तोकिएको समयमा सबैभन्दा फलदायी हुने टोली नै खेल जित्ने टोली हुन्छ। निस्सन्देह, जीवनको विपरीत, खेलकुदमा, एकैक्षणको विश्राम वा टाइमआउट लिन सक्ने प्रावधानहरू छन्। खेलकुद प्रतियोगिताको घडीलाई अस्थायी रूपमा रोक्न सकिन्छ। तर वास्तविक जीवनमा, त्यहाँ समयलाई रोक्ने कुनै प्रावधान छैनन्.

कोरम डियोः परमेश्वरको उपस्थितीमा रहनु

थोरै वा मूल्यहीन चीजहरूमा बर्बाद भइरहेको समयलाई तपाईंले उद्धार गर्न सक्ने तरिकाहरू प्रकट गर्न परमेश्वरलाई सोध्नुहोस्.

Copyright © Ligonier Ministries. R.C. Sproul बाट निस्शुल्क पुस्तक प्राप्त गर्नको निम्ति यहाँ जानुहोस्ः Ligonier.org/freeresource.

Day 1Day 3

यस योजनाको बारेमा

Using Your Time for God

तपाईंको समय परमेश्वरको निम्ति प्रयोग गर्ने विषयमा आर सि स्प्राउल (R.C. Sproul) बाट ४ दिने (भक्ति पाठ) डिभोसन। प्रत्येक पाठले तपाईंलाई परमेश्वरको उपस्थितिमा, परमेश्वरको अख्तियारमा, र परमेश्वरको महिमामा बाँच्नको निम्ति आह्वान गर्दछ।

More

हामी Ligonier Ministries लाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः Ligonier.org/youversion