YouVersion लोगो
खोज आइकन

फ्रान्सिस चानद्वारा लिखित पागल प्रेमनमूना

Crazy Love With Francis Chan

दिन 2 को 7

"तपाईंले शायद यो अध्याय समाप्त गर्न सक्नुहुन्न"

तपाईले यो पढ्न सक्नु अघि नै तपाई मर्न सक्नुहुन्छ। तपाई यो पढ्दै गर्दा म मर्न सक्छु। आज। जुनसुकै बेला।

सरदर दिनमा, हामी आफैमा रमाएर बाँच्दछौँ। सरदर दिनमा, हामी परमेश्‍वरलाई धेरै मान्दैनौँ। सरदर दिनमा, हामी बिर्सन्छौँ कि हाम्रो जीवन साँच्चै एक भाप हो।

के तपाई साँच्चै कुनै पनि मिनेटमा हराउन सक्नुहुन्छ भन्ने विश्वास गर्नुहुन्छ? सायद आज मर्ने हो कि ? वा तपाई कुनै न कुनै रूपमा जित्न नसक्ने महसुस गर्नुहुन्छ?

मैले कहिल्यै मुटुको समस्या अनुभव गरेको थिइनँ तर केही वर्ष पहिले मुटुको धड्कनमा समस्या देखा पर्यो। समय बित्दै जाँदा तिनीहरू झन् बारम्बार हुन थाले, र यसले मलाई चिन्तित बनायो।

इमानदारीपूर्वक भन्नुपर्दा, मलाई थाहा थियो समस्या के थियो। म तनावमा डुबेको थिएँ। यो क्रिसमसको मौसम थियो, र मैले धेरै कुराहरूको ख्याल र सोच्नुपरेको थियो।

तर क्रिसमसको पूर्वसन्ध्यामा यो समस्या यति बढ्यो कि मैले मेरी पत्नीलाई म चर्च सेवा पछि आपतकालीन कोठामा जानेछु भने। तथापि, सेवाको दौडान, मैले मेरा सबै चिन्ता र तनावहरू परमेश्‍वरमा समर्पण गरे। मेरा लक्षणहरू बिस्तारै हराउँदै गए, र म कहिल्यै डाक्टरकहाँ गइन।

जब म मेरा समस्याहरूबाट ग्रसित हुन्छु — मेरो जीवन, मेरो परिवार र मेरो जागिरको बारेमा तनावग्रस्त हुन्छ— म वास्तवमा यो विश्वास व्यक्त गर्दछु कि मलाई लाग्छ कि परिस्थितिहरू सधैँ रमाउनको लागि परमेश्‍वरको आज्ञा भन्दा महत्त्वपूर्ण छन्।अर्को शब्दमा भन्नुपर्दा, मेरो जिम्मेवारीहरूको परिमाणको कारणले गर्दा मसँग परमेश्‍वरको अनाज्ञाकारी हुने "अधिकार" छ।

म यो पाठ बारम्बार पुन: सिकिरहेको छु। यद्यपि मैले परमेश्‍वरको पवित्रता झल्काउँछु, म अझै पनि यो बिर्सन पर्याप्त लाटो छु कि जीवन मेरो बारेमा होइन तर परमेश्‍वरको बारेमा हो।

* तपाईको आफ्नै जीवन कति क्षणिक छ भनेर तपाई कति पटक सोच्नुहुन्छ? यो अनुभूतिले तपाईलाई अझ पारदर्शी, मायालु, भरोसासाथ बाँच्न कसरी मद्दत गर्छ?

अन्तमा, यो भिडियो हेर्नुहोस् र छलफल गरिएका बुँदाहरूमा विचार गर्नुहोस्:

दिन 1दिन 3

यस योजनाको बारेमा

Crazy Love With Francis Chan

फ्रान्सिस चनको न्यूयोर्क टाइम्सको सर्वाधिक बिक्रि हुने पुस्तक "क्रेजी लभ" बाट लिइएको हो, उहाँले हाम्रो लागि परमेश्‍वरको अचम्मको पागल प्रेम, र यस्तो प्रेमप्रति हाम्रो उपयुक्त प्रतिक्रिया कस्तो हुनुपर्छ भन्ने कुरामा गहिरिएर जानकारी दिनुहुन्छ। तर उहाँ त्यहाँ रोकिनु हुन्न, हामीलाई परमेश्‍वरको महानता र परमेश्‍वरको अनन्त महिमा र पृथ्वीमा हाम्रो अस्थायी जीवन बीचको ठूलो भिन्नतालाई प्रतिबिम्बित गर्न चुनौती दिनुहुन्छ

More

यो योजना उपलब्ध गराउनुभएको निम्ति हामी डेभिड सी कुकलाई धन्यवाद दिन चाहन्छौं । थप जानकारीको लागि कृपया भ्रमण गर्नुहोस्: http://www.dccpromo.com/crazy_love/