YouVersion लोगो
खोज आइकन

१२१ आगमन नमूना

121 Advent

दिन 7 को 24

शान्ति भनेको के हो?

"साँचो शान्ति भनेको तनाव को अनुपस्थिति मात्र होइन, यो न्यायको उपस्थिति हो। MLK

मार्टिन लुथर किङ जुनियरलाई थाह थियो कि साँचो शान्ति त्यो दिन मात्र होइन जब जातिको आधारमा हुने हिंसा को अन्त हुनेछ, तर जब सबै मानिसहरू अरूको पारस्परिक लाभको लागि एक साथ आउनेछन्। शान्ति भनेको केटाकेटीहरूलाई आपसमा झगडा गर्न छोड्नु मात्र होइन, तिनीहरूएकअर्कासँग रमाउनु पनि हो।

समयको सुरुदेखि नै शान्ति भनेको नराम्रो कुराको अनुपस्थिति मात्र होइन, तर असल कुराको उपस्थिति पनि हो भनेर बुझिन्थ्यो।

बाइबलमा शान्तिको लागि प्रयोग गरिएको हिब्रू शब्द "शालोम" हो। शालोमको अर्थ हो पूर्णता, व्यक्तिको जीवनको पूर्ण विकास। बाइबलअनुसार शालोमअक्सर परमेश्वरसित पूर्ण जीवन भएको कुरा उल्लेख गर्न प्रयोग गरिन्छ । शान्तिबारे सोच्ने सम्भवतः सबैभन्दा राम्रो तरिका भनेको पापअघिपृथ्वीमा भएका ती सुरुका दिनहरू सम्झनु हो। परमेश्वरले स्वर्ग, पृथ्वी र त्यसभित्र भएका सबै थोक सृष्टि गर्नुभएपछि के भन्नुभएको थियो, विचार गर्नुहोस् । "अनि परमेश्वरले आफूले बनाउनुभएको सबै कुरा देख्नुभयो, र हेर, त्यो धेरै असल थियो (उत्पत्ति १:३१)। परमेश्वरले सबै कुरा एकअर्कासित र परमेश्वरसित पूर्ण तवरमा काम गर्नको लागि सृष्टि गर्नुभयो । यो शालोम हो; यो शान्ति हो।

के तपाईंलाई यो शान्ति छ? के तपाईंको आत्मा सृष्टिकर्तासँगै फस्टाउँदै छ? के तपाईं आफ्नो जीवनलाई हेरेर भन्न सक्नुहुन्छ, "यो धेरै राम्रो छ"? सुसमाचार, यो तपाईंको हो!

साना केटाकेटीहरू भएका परिवारहरू

मत्ती ८:२३-२७ पढ्नुहोस्। केटाकेटीहरू, यस कथामा चेलाहरू किन डराए? (किनभने त्यहाँ आँधीबेहरी आएको थियो) आँधी सुरु हुँदा येशूले के गरिरहनुभएको थियो? (सुतेको) चेलाहरूले येशूलाई ब्यूँताएपछि येशूले के गर्नुभयो? (उनले आँधीलाई 'हश' भने) के तपाईंलाई लाग्छ, यसले तिनीहरूलाई शान्ति दियो र सुरक्षित महसुस गरायो? कुन कुराले तपाईंलाई सुरक्षित महसुस गराउँछ? शान्त ठाउँ पाउन तपाईं कहाँ जानुहुन्छ? (तिनीहरूलाई सुरक्षित महसुस गराउने विशेष ठाउँहरू बारे सोच्न प्रोत्साहन दिनुहोस् - उनीहरूको घर, उनीहरूको कोठा, आँगनमा एक खेल क्षेत्र, आदि. तिनीहरूलाई यो तथ्यमा इंगित गर्नुहोस् कि तिनीहरू जहाँ सुकै भए तापनि तिनीहरूले येशूको शान्ति महसुस गर्न सक्छन् किनभने उहाँ सँधै उनीहरूसँग हुनुहुन्छ। बाइबलको कथालाई अभिनय गरेर रमाइलो गर्नुहोस्!

मत्ती १:१८-२२ पढ्नुहोस्। केटाकेटीहरू, मरियमले बच्चा जन्माउन लागेको र त्यो बच्चा परमेश्वरको पुत्र हो भनेर थाह पाउँदा कत्ति उत्साहित भइन् होला! एक जना स्वर्गदूत तिनीकहाँ आएका थिए र तिनलाई बच्चा जन्माउन लागेको कुरा बताएकाथिए । स्वर्गदूत पनि तिनका पति यूसुफकहाँ गए अनि तिनलाई पनि भने! तपाईंको कान्छो भाइ वा बहिनी छ भने आमाबाबुले नयाँ बच्चाको खबर बताउँदा तपाईं कत्ति उत्साहित हुनुभयो, त्यसबारे बताउनुहोस्।यदि तपाईं कान्छो भाइ वा बहिनी हुनुहुन्छ भने तपाईंको बारेमा थाह पाउँदा तपाईंको सम्पूर्ण परिवार कत्ति उत्साहित भयो, त्यसबारे बताउनुहोस्! परिवारको सदस्य हुँदा हामीलाई शान्ति र सुरक्षा मिल्छ।

जब तपाईं प्रार्थना गर्नुहुन्छ, सधैं तपाईंको साथमा रहनुभएकोमा परमेश्वरलाई धन्यवाद दिनुहोस्। तपाईंको घर र तपाईंको आमाबाबुको लागि उहाँलाई धन्यवाद दिनुहोस् जसले तपाईंलाई सुरक्षित महसुस गराउँछ। तपाईंको परिवारको लागि उहाँलाई धन्यवाद दिनुहोस् र परिवारका सबै सदस्यहरूबीच शान्ति होस् भनेर प्रार्थना गर्नुहोस्।

दिन 6दिन 8

यस योजनाको बारेमा

121 Advent

ख्रीष्टको जन्म, उहाँको आगमन, हाम्रो छुटकाराको लागि परमेश्वरको अन्तिम योजनाहो। ख्रीष्टमा हामी परमेश्वरको आशा, शान्ति, आनन्द र प्रेमको पूर्ण चित्र देख्छौं। परमेश्वरको वचन त्यो सत्य हो जसद्वारा हामी दिनहुँ उहाँलाई चिन्छौं र उहाँसँगै हिंड् छौं । यो हाम्रो आशा छ कि यस मार्गदर्शिकाले वचनमा बिताएको व्यक्तिगत समयलाई प्रोत्साहन र सुविधा प्रदान गर्नेछ र बच्चाहरू भएका परिवारहरूलाई सँगै त्यसो गर्न को लागि स्रोत प्रदान गर्नेछ।

More

हामी यो योजना प्रदान गरेकोमा १२१ सामुदायिक चर्चलाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: http://121cc.com/