YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

जेन्टेजेन फ्र्यांकलिनद्वारा यसरी माया गर्नु होस् जसरी तपाईले कहिल्यै चोट खानु भएको छैन Sample

Love Like You've Never Been Hurt By Jentezen Franklin

दिन 2 को 7

दोस्रो दिन

प्रेमको जीत—सधैँ

पद: यूहन्ना २१:१५-१७

प्रेम भाँचिएको घरको जवाफ हो। प्रेम लतको जवाफ हो। प्रेम टुटेको सम्बन्धको जवाफ हो। प्रेम अपमानित हुनुको जवाफ हो। प्रेम हृदयघातको जवाफ हो। प्रेम एक हतियार हो जसले विभाजनलाई चकनाचूर गर्न सक्छ र टुटेको कुरालाई पुन: निर्माण गर्न सक्छ।

तपाईको जीवनमा अहिले के भइरहेको छ जसले तपाईलाई माया गर्ने तरिकामा जाँच गर्छ? के तपाईले भर्खरै पत्ता लगाउनुभयो कि तपाईको जीवनसाथीले तपाईलाई धोका दिएको छ? के तपाई महिनौंदेखि नबोलेको छोरीसँग पुन: सम्बन्ध गास्न चाहनुहुन्छ? के तपाईको छोराले भर्खरै तपाईलाई उसको प्रेमिका गर्भवती भएको बताएको छ? के तपाईको किशोर एक लतबाट पीडित छ जसले उसको जीवनलाई मात्र होइन तर तपाईको परिवारका प्रत्येक व्यक्तिलाई भारी पारेको छ? के तपाईको जवान छोरीले आफू लेस्बियन भएको घोषणा गरिसकेकी छिन् र उनले सम्पूर्ण परमेश्‍वरको कुराबाट तर्केकी छिन्?

विभिन्न गतिशीलता र जटिलताहरूले यी प्रत्येक अवस्थाहरूलाई चित्रण गर्दछ। तर तिनीहरू वास्तविक छन्। तिनीहरू कठिन छन्। र तिनीहरूले हृदय दुख्छ।

म सोच्दछु कि के हुन्छ यदि हामीले निर्णय गर्यौँ कि , परमेश्‍वरको सहयोग र उहाँको शक्तिमा, हामीले कहिल्यै चोट नपाएको जस्तो प्रेम गर्न जाँदैछौँ। स्नेहलाई रोक्न, तितो रहनु वा बदला खोज्नुको सट्टा, हामी प्रेम गर्छौँ।

यदि तपाई नयाँ दिनको लागि पुग्न चाहनु हुन्छ भने परमेश्‍वरले तपाईलाई विगतबाट मुक्त गर्न विस्तारै विस्तारै सुरु गर्नुहुनेछ।

परिवारलाई सँगै राख्न धेरै माया र क्षमा चाहिन्छ। माया कहिल्यै विफल हुदैन। क्षमा गरिरहनुहोस्। माया गरिरहनुहोस्। टासी रहनुहोस्। कुरा गरिरहनुहोस्।

ठूलो विचार: जसलाई तपाईले सबैभन्दा धेरै माया गर्नुहुन्छ उसले तपाईलाई सबैभन्दा धेरै चोट पुर्याउन सक्छ। तिनीहरूलाई जे भए पनि माया गर्नुहोस्।

धर्मशास्त्र

Day 1Day 3

यस योजनाको बारेमा

Love Like You've Never Been Hurt By Jentezen Franklin

यो कुनै गोप्य कुरा छैन कि जो हाम्रो नजिक छन् तिनीहरूले हामीलाई सबैभन्दा गहिरो चोट पुर्याउन सक्छन्। विश्वासघातबाट लड्दै, हामी हृदयको पीडाबाट जोगाउन हाम्रो हृदयको वरिपरि पर्खालहरू बनाउँछौँ, तर यी पर्खालहरू हुन् जसले हामीलाई आशा देख्न, उपचार प्राप्त गर्न र प्रेमको अनुभूति गर्नबाट रोक्छ। यो तपाईको पर्खालहरू भत्काउने, तपाईको घाउहरू मार्फत काम गर्ने, क्षतिग्रस्त सम्बन्धहरू मर्मत गर्ने र खुला हृदयको शक्ति पत्ता लगाउने समय हो।

More

यो योजना उपलब्ध गराएकोमा हामी बेकर प्रकाशनलाई धन्यवाद दिन चाहन्छौँ। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: http://book.jentezenfranklin.org/