YouVersion लोगो
खोज आइकन

तीतस 2:1-15

तीतस 2:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिमीले चाहिँ जे पक्‍का धार्मिक-सिद्धान्‍त सुहाँउदो छ त्‍यही सिकाऊ। वृद्ध मानिसलाई संयमी, गम्‍भीर, समझदार, विश्‍वासमा पक्‍का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ। यसरी नै वृद्ध स्‍त्रीहरू आचार-व्‍यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्‍वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्‍ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्‍यही सिकाऊन्‌। तिनीहरूले तरुणीहरूलाई आ-आफ्‍ना पति र बालबच्‍चाहरूलाई प्रेम गर्न, र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्‍ने, दयालु, आ-आफ्‍ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्‍वरका वचनको निन्‍दा हुन नपाओस्‌। त्‍यहीबमोजिम जवान मानिसलाई पनि आत्‍मसंयमी हुनलाई अर्ती देऊ। सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्‍भीरता, र कसैले निन्‍दा गर्न नपाउने ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्‍ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्‌। कमाराहरूलाई पनि आ-आफ्‍ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्‍ना मालिकहरूलाई सन्‍तुष्‍ट तुल्‍याउने आदेश देऊ, र तिनीहरू मुख लाग्‍ने नहोऊन्‌। तिनीहरूले चोरी नगरून्, तर पूर्ण रूपमा विश्‍वासयोग्‍य होऊन्‌। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्‍वरका धार्मिक-सिद्धान्‍तको शोभा बढ़ाऊन्‌। किनकि सबै मानिसहरूका मुक्तिको निम्‍ति परमेश्‍वरको अनुग्रह प्रकट भएको छ, जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्‍णाहरू त्‍याग्‍न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्‍छ। र हाम्रो धन्‍यको आशा— हाम्रा महान्‌ परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं। ख्रीष्‍टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्‍नै निम्‍ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्‍नुभयो। यी कुराहरूको घोषणा गर, पूरा अधिकारसहित अर्ती-उपदेश देऊ र हप्‍काऊ। कसैले तिम्रो अवहेलना नगरोस्‌।

शेयर गर्नुहोस्
तीतस 2 पढ्नुहोस्

तीतस 2:1-15 पवित्र बाइबल (NERV)

तर, तिमीले मानिसहरूलाई साँच्चो शिक्षाको अनुशरण गर्न तिनीहरूले के-के गर्नु पर्छ त्यो बताउनु पर्छ। पाका मानिसहरूलाई आत्मा संयमी, गम्मभीर र ज्ञानी बन्ने कुरा सिकाऊ। तिनीहरू विश्वासमा, प्रेममा र धैर्यमा दृढ बन्नुपर्छ। वृद्ध स्त्रीहरूलाई पनि आफ्ना जीवन मार्गमा पवित्र रहन सिकाऊ। तिनीहरूले अर्काको विरूद्ध कुरा गर्नु हुँदैन अनि ज्यादा दाखरस पिउने बानी गर्नु हुँदैन। ती स्त्रीहरूको लागि के राम्रो हुन्छ त्यो सिकाऊ। त्यही प्रकारले तिनीहरूले जवान स्त्रीहरूलाई आफ्ना पति र बालकहरूलाई माया गर्न सिकाउनु पर्छ। तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन। त्यसरी नै नवयुवाहरूलाई ज्ञानी बन्ने उत्साह दिनु। ती नवयुवाहरूका निम्ति हरेक कुरामा असल-असल काम गर्दै तिमी एक उदाहरण बन्नु पर्छ। जब तिमी तिनीहरूलाई सिकाउँछौ इमान्दार अनि गम्भीर बन। जब तिमी सत्य बोल्छौ, यस्तो प्रकारले बोल, जसमा कि कसैले तिम्रो आलोचना गर्नै छैन अनि तब तिम्रो विरोधमा हुने कुनै मानिस आफैं लज्जित भएको अनुभव गर्ने छ। किन कि हाम्रो विरोधमा बोल्ने उसित केही हुनेछैन। अनि यी कुराहरू दासहरूलाई पनि भन। तिनीहरूले सधैँ आफ्ना मालिकहरूलाई खुशी राख्ने कोशिश गरून्, तिनीहरूले आफ्ना मालिकहरूसित तर्क गर्नु हुँदैन, तिनीहरूले मालिकको कुनै कुरा चोरी गर्नु हुँदैन अनि आफ्ना मालिकले तिनीहरूमाथि पूर्ण विश्वास गर्न सक्छन् भनेर देखाउनु पर्छ। यदि दासहरूले यस्तो गरे तिनीहरूका प्रत्येक कामले हाम्रो मुक्तिदाता परमेश्वरको शिक्षा राम्रो रहेछ भन्ने प्रमाण गर्नेछ। हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ। त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ। हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई पर्खिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ। उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो। यी कुराहरू मानिसहरूलाई भन। तिम्रो पूर्ण अधिकार छ। यसकारण मानिसहरूलाई सुदृढ तुल्याउन अनि तिनीहरूले के गर्नु पर्छ भनी तिनीहरूलाई भन्न त्यो अधिकार प्रयोग गर। अनि सावधान बन कि कसैले पनि तिमीलाई महत्वहीन सम्झेर त्यस्तै व्यवहार नगरून्।

शेयर गर्नुहोस्
तीतस 2 पढ्नुहोस्

तीतस 2:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर तिमीले चाहिँ साँचो शिक्षामा भएका कुरा सिकाउने गर। बुढा मानिसलाई शान्‍त, गम्‍भीर अनि विश्‍वासी, प्रेम र सहने शक्तिमा पाको हुनुपर्छ भनेर शिक्षा देओ। त्‍यसरी नै बुढी भएका स्‍वास्‍नी-मान्‍छेहरूले भक्तिको जीवन चुनून्। तिनीहरूले अर्कालाई बिनासित्तीको दोष नलगाऊन्। तिनीहरू रक्‍सीको वशमा नपरून् र राम्रा कुराहरूको शिक्षा देऊन्। त्‍यसो भए तिनीहरूले तरुनी स्‍वास्‍नी-मान्‍छेहरूलाई आफ्‍ना लोग्‍ने र छोरा-छोरीलाई माया गर्न तालिम दिन सक्‍नेछन्। अनि उनीहरूले तिनीहरूलाई आफैंलाई वशमा राख्‍ने, पवित्र मन भएका, दयालु, असल घरजाम गर्ने र लोग्‍नेको अधीनमा रहने शिक्षा दिनेछन्। त्‍यस्‍तै भयो भने परमेश्‍वरको शिक्षाको बदनाम हुन पाउनेछैन। त्‍यसरी नै तन्‍नेरीहरूलाई पनि आफैंलाई वशमा राख्‍ने शिक्षा देओ। तिमीले नै सबै कुरामा असल कामको नमुना भएर तिनीहरूलाई देखाऊ। शिक्षा दिंदा साँचो र गहिरो, कसैले काट्‍न नसक्‍ने पक्‍का शिक्षाहरू देओ। त्‍यसो भए शत्रुहरू पनि केही भन्‍न नसकेर आफैं लाजमा पर्नेछन्। नोकरहरू पनि आफ्‍ना मालिकहरूको अधीनमा रहेर उनीहरूलाई सबै काममा खुसी पारून्, मुखमुखै नलागून्। कुनै चीज टिपटाप नगरून्। तर सधैँ असल र विश्‍वासी भएर रहून्। तिनीहरूले जुनसुकै कुरामा पनि हामीलाई मुक्ति दिनुहुने परमेश्‍वरकै शिक्षाको शोभा बढाऊन् किनभने परमेश्‍वरको अनुग्रह सबै मानिसहरूलाई मुक्ति दिनलाई नै प्रकट भएको छ। यो अनुग्रहले हामीलाई नराम्रो जीवन र सांसारिक लालच त्‍याग्‍न लाउँछ र यो अनुग्रहको कारणले हामी आफैंलाई वशमा राखेर यो संसारमा साँचो र धर्मी जीवन बिताउन सक्‍छौं। यसरी नै आशा राखेको कुरा पूरा हुने दिनको बाटो हामी हेर्दछौं। त्‍यो दिन पूज्‍य परमेश्‍वर र हामीलाई मुक्ति दिनुहुने येशू ख्रीष्‍टको ठूलो सम्‍मान् देखा पर्नेछ। येशू ख्रीष्‍टले हामीलाई सबै किसिमका पापबाट छुटकारा दिनलाई नै आफ्‍नो प्राण दिनुभयो। उहाँले हामीलाई पवित्र पार्न आफ्‍नो बनाउनुभयो र असल काम गर्ने जोशिला तुल्‍याउन यसो गर्नुभयो। तिमीले यो शिक्षा दिंदा पूरा अधिकारले हौसला दिनू र हप्‍काउने गर्नू। कसैले पनि तिमीलाई हेला गर्ने मौका नदेऊ।

तीतस 2:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू। वृद्ध मानिसहरूलाई संयमी, आदरका योग्य, आफूलाई अधीनमा राख्न सक्ने, र विश्‍वासमा, प्रेममा र धीरजमा पक्‍का हुन सिकाउनू। त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्। तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न, आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्‍न सिकाऊन्, ताकि कसैले पनि परमेश्‍वरको वचनको निन्दा गर्न नपाओस्। त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ। जे असल छ, सो गरेर हरेक कुरामा तिनीहरूलाई उदाहरण देखाइदेऊ। तिम्रो शिक्षामा इमानदारीता, गम्भीरता देखाऊ। सत्य सिकाऊ, ताकि तिम्रो शिक्षाको खण्डन गर्न नसकियोस्, र हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रा विरोधीहरू शर्ममा परून्। सेवकहरूलाई सिकाऊ, हरेक कुरामा तिनीहरू आ-आफ्ना मालिकहरूका अधीनमा बसून्; तिनीहरूलाई प्रसन्‍न राख्न प्रयास गरून्, र जवाफ नफर्काऊन्। तिनीहरूले नचोरून्, तर तिनीहरूमाथि विश्‍वास गर्न सकिन्छ भनी देखाऊन्। तिनीहरूले हरेक कुरामा हाम्रा परमेश्‍वर मुक्तिदाताको शिक्षालाई शोभा बढाऊन्। किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्‍वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ। यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ; जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको महिमाको आगमनको प्रतीक्षा गर्दछौँ, जसले हामीलाई हरेक दुष्‍टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्न आफ्नो प्राण दिनुभयो। यसकारण यी कुराहरू तिमीले विश्‍वासीहरूलाई उत्साहकासाथ सिकाउनैपर्छ। सम्पूर्ण अधिकारसहित तिनीहरूलाई अर्ती देऊ र हप्काऊ, कसैले तिमीलाई अवहेलना नगरोस्।