रोमी 8:14-16
रोमी 8:14-16 नेपाली समकालीन संस्करण (NCV)
किनकि तिनीहरू जो परमेश्वरका आत्माले डोर्याइएका छन्, तिनीहरू परमेश्वरका सन्तान हुन्। किनभने तिमीहरूलाई फेरि डरमा डोर्याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्वरलाई “ अब्बा, पिता” भनी पुकार्दछौं। परमेश्वरका आत्मा आफैले हाम्रो आत्मासँग हामी परमेश्वरका सन्तान हौं भनी गवाही दिनुहुन्छ।
रोमी 8:14-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने सबै, जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्। किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई “अब्बा, पिता” भनी पुकार्छौं, त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो।
रोमी 8:14-16 पवित्र बाइबल (NERV)
परमेश्वरका साँच्चो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्। जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “ हे अब्बा हे पिता।” अनि त्यो आत्मा आफैंले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं।
रोमी 8:14-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको आत्माले देखाएको बाटोमा चल्नेहरू परमेश्वरकै छोरा-छोरी हुन् किनभने हामीलाई कमारो बनाएर फेरि डरमा राख्ने आत्मा होइन तर हामीलाई परमेश्वरका धर्मपुत्र बनाउने पवित्र आत्मा पाएर हामी परमेश्वरलाई बुबा भनेर बोलाउँछौं। पवित्र आत्माले हामीहरू परमेश्वरका छोरा-छोरी हौं भनी हाम्रो आत्मालाई गवाही दिनुहुन्छ।