रोमी 5:8-11
रोमी 5:8-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढ़ी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं। किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने, झन् बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौं। यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ।
रोमी 5:8-11 नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदा-छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। ख्रीष्टको रगतद्वारा हामी धर्मी ठहराइएका हुनाले परमेश्वरको क्रोधबाट उहाँद्वारा निश्चय नै बचाइनेछौं! किनकि हामी परमेश्वरका शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा उहाँसँग मिलापमा ल्याइयौं भने अब परमेश्वरसँग हाम्रो मिलाप भइसकेपछि उहाँको जीवन मार्फत् अझ बढी बचाइनेछौं। यति मात्र होइन, तर परमेश्वरमा हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी आनन्दित हुन्छौं, जसद्वारा हाम्रो मिलाप भएको छ।
रोमी 5:8-11 पवित्र बाइबल (NERV)
यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो। हामी ख्रीष्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनियौं। यसैले, निःसन्देह हामी ख्रीष्टद्वारा नै परमेश्वरको क्रोधबाट जोगिने छौं। मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ। यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।
रोमी 5:8-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तैपनि परमेश्वरले उहाँको प्रेम हामीलाई यसरी देखाउनुभयो, हामी पापी छँदै हाम्रा लागि ख्रीष्ट मर्नुभयो। उहाँ बलिदान भएर आफ्नो रगतद्वारा हामीलाई परमेश्वरको सामु ठीक ठहराउनुभयो भने झन् बढी उहाँले हामीलाई परमेश्वरको क्रोधबाट बचाउनुहुन्छ। हामी परमेश्वरका शत्रु भएकै बेला उहाँको पुत्र ख्रीष्टको मृत्युद्वारा परमेश्वरले हामीलाई आफ्नो मित्र बनाउनुभएको छ भने झन् मित्र हुँदा उहाँको जीवनले हामीलाई झन् बढी गरी बचाउँछ। यति मात्र होइन हाम्रा प्रभु येशू ख्रीष्टले गर्दा हामी परमेश्वरको स्तुति गर्दै रमाउँछौं कारण ख्रीष्टले हामीलाई परमेश्वरसँग मिलाप गराएर आफ्नो मित्र बनाउनुभएको छ।