रोमी 5:18-20
रोमी 5:18-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ। किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्। व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन् बढ़ी मात्रामा बढ़्यो
रोमी 5:18-20 नेपाली समकालीन संस्करण (NCV)
यसकारण जसरी एउटाको अपराधले सबै मानिसलाई दण्डको आज्ञा भयो, त्यसरी नै एउटै धार्मिकताको कार्यले पनि सबै मानिसमा निर्दोषीकरण र जीवन ल्यायो। जसरी एउटा मानिसको अनाज्ञाकारीताले धेरैजना पापी ठहरिए, त्यसरी नै एकजनाको आज्ञाकारीताले धेरैजना धर्मी ठहराइनेछन्। व्यवस्था आयो, ताकि पाप बढोस्; तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि अझ धेरै बढ्यो
रोमी 5:18-20 पवित्र बाइबल (NERV)
यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ। एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू पापी भए। तर त्यस्तै प्रकारले एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू धार्मिक बनाइन्छन्। पाप बढ़ला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढ़दै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढ़दै गयो।
रोमी 5:18-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जसरी एउटै पापले सबै मानिस मृत्युदण्डका भागी भए, त्यसरी नै एउटै धार्मिक कामले सबै मानिस परमेश्वरको सामु ठीक ठहराइएर जीवन पाउने भए। एक जना आदमले आज्ञापालन नगर्दा धेरै जना पापी भए, त्यसै गरी एक जना ख्रीष्टको आज्ञापालनले धेरै जना परमेश्वरको सामु ठीक ठहरिने भए। पाप बढाउन व्यवस्था आयो। जहाँ पाप बढ्यो, त्यहाँ परमेश्वरको अनुग्रह झन् धेरै बढ्यो।