रोमी 4:18-20
रोमी 4:18-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तेरा सन्तान पनि यस्तै असंख्य हुनेछन्” भनेर परमेश्वरले भन्नुभएअनुसार, आशा पटक्कै नहुँदा पनि अब्राहामले आशा राखी विश्वास गरे, र यसरी उनी धेरै जातिहरूका पिता बने। प्राय: सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्। परमेश्वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमा दह्रिलो भएर उनले परमेश्वरलाई महिमा दिए।
रोमी 4:18-20 नेपाली समकालीन संस्करण (NCV)
आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्वास गरे, र उनलाई भनिएको जस्तै, “तेरो सन्तान पनि यस्तै असंख्य हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए। प्रायः सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि, विश्वासमा कमजोर भएनन्। परमेश्वरको प्रतिज्ञामा अविश्वास गरी विचलित भएनन्, तर परमेश्वरलाई महिमा दिँदै तिनी आफ्ना विश्वासमा झन् बलिया भए।
रोमी 4:18-20 पवित्र बाइबल (NERV)
अब्राहामको सन्तान हुनेछ भन्ने आशा थिएन। तर अब्राहामले परमेश्वरमा विश्वास गरे र आशा जीवित राखे। त्यही कारणले अब्राहाम धेरै जातिका पिता भए। परमेश्वरले जस्तो उनलाई भन्नुभयो, “तिमीसँग धेरै सन्तानहरू हुनेछन्।” अब्राहाम प्रायः एकसय वर्ष उमेर पुगिसकेका थिए, यसैले उनको शरीरबाट सन्तानहरू हुन उमेर बितिसकेको थियो। सारहबाट पनि कुनै छोरा-छोरी भएन। अब्राहामले यसको विषयमा सोचेका थिए। तर परमेश्वरप्रति उनको विश्वास कमजोर भएन। परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे।
रोमी 4:18-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सन्तानको आशै नभएको बेला अब्राहामले धेरै जातिका पुर्खा हुन्छु भनी विश्वास गरेर आशा राखे। परमेश्वरले यसो भन्नुभएको थियो, “तिम्रा सन्तानहरू ताराझैँ धेरै हुनेछन्,।” उनी सय वर्ष पुग्न लागेका थिए तर तिनलाई आफ्नो बुढो भएको शरीरले र साराको बाँझी कोखले विश्वासबाट कमजोर गराउन सकेन। तिनले परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरामा पटक्कै शङ्का गरेनन् तर विश्वासमा अझ बलियो भएर परमेश्वरको प्रशंसा गरे