रोमी 2:12-13
रोमी 2:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सबै जसले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्ट पनि हुनेछन्, र व्यवस्थामुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ। किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्।
रोमी 2:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सबै जसले व्यवस्थाविना पाप गरेका छन्, व्यवस्थाविना नै नाश पनि हुनेछन् तर जसले व्यवस्था जानेर पनि पाप गरेका छन्, तिनीहरूको न्याय पनि व्यवस्थाअनुसार नै गरिनेछ। किनकि व्यवस्था सुन्नेहरू परमेश्वरका सामु धर्मी ठहरिँदैनन्, तर व्यवस्थालाई पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्।
रोमी 2:12-13 पवित्र बाइबल (NERV)
जस-जसले व्यवस्था बिना पापकर्म गरेकाछन् तिनीहरू व्यवस्था बिना नै नाश हुनेछन्। जसले व्यवस्था पाएर पनि पाप कर्महरू गर्छन् तिनीहरूको न्याय व्यवस्था अनुसार नै गरिने छ। व्यवस्था सुनेर मात्र मानिसहरू परमेश्वरको अघि धार्मिक ठहरिदैनन्, तर व्यवस्थाको पालन गरेर धार्मिक बन्दछन्।
रोमी 2:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले दिनुभएको व्यवस्थाबिना ज-जसले पाप गरे, तिनीहरू त्यो व्यवस्थाबिना नै नाश हुनेछन्। व्यवस्था जान्नेले पाप गरे भने तिनीहरू त्यही व्यवस्थाबाटै दोषी ठहराइन्छन् किनभने व्यवस्था सुनेर मात्र मानिसको सम्बन्ध परमेश्वरसँग ठीक हुँदैन तर व्यवस्था पालन गरेर नै परमेश्वरसँग मानिसको सम्बन्ध ठीक रहन्छ।