YouVersion लोगो
खोज आइकन

रोमी 1:28-31

रोमी 1:28-31 नेपाली समकालीन संस्करण (NCV)

तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्न उचित नठानेकाले परमेश्‍वरले पनि तिनीहरूलाई भ्रष्‍ट मन दिनुभयो; ताकि तिनीहरूले जुन काम गर्न नहुने त्यही काम गरून्। तिनीहरू सब प्रकारका दुष्‍टता, खराबी, लोभ, भ्रष्‍टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल र डाहले भरिएका छन्। तिनीहरू कुरा काट्ने, निन्दा गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, घमण्डी, तिनीहरू दुष्‍ट काम गर्न नयाँ तरिकाहरू बनाउँछन्; तिनीहरू आफ्ना आमाबुबाका आज्ञा पालन गर्दैनन्। तिनीहरू निर्बुद्धि, विश्‍वासघाती, निर्दयी र क्रूर छन्।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्

रोमी 1:28-31 पवित्र बाइबल (NERV)

परमेश्वरको सत्य ज्ञान राख्नु पर्छ भन्ने कुरालाई मानिसहरूले महत्व दिएनन्। त मानिसहरूले नगर्नु पर्ने काम गरे। यसैले व्यर्थकै कामहरू गरोस् भनेर परमेश्वरले छाडिदिनु भयो। तिनीहरूको मन हरेक प्रकारको पाप, दुष्ट्याइँ, स्वार्थपन र घृणाले भरियो। ती मानिसहरू आफैंमा डाह, हत्याको भावना, झैझगडा झूटा र एक-अर्कामा दुर्विचारले भरिए। तिनीहरू आपसमा दुष्ट्याईँ पूर्ण कुराहरू गर्छन्। तिनीहरू परमेश्वरलाई घृणा गर्छन्। तिनीहरू रूखो, अहंकार अभिमानी, र ढीट छन्। तिनीहरूले नराम्रा कामहरू गर्ने नयाँ बाटोहरू खोजि हिँड्छन्। तिनीहरूले आफ्ना माता-पितालाई पनि टेर्दैनन्। तिनीहरू मूर्ख छन् र तिनीहरूले आफ्नो भाकलहरू पूरा गर्दैनन्। तिनीहरूमा अरूहरू प्रति प्राकृतिक ममता हुँदैन अनि कसैलाई पनि दया देखाउँदैनन्।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्

रोमी 1:28-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने मान्यता दिन पनि छाडे। यसो हुँदा उहाँले तिनीहरूलाई खराबी गरून् भनेर तिनीहरूकै कुविचारमा छोडिदिनुभयो। यसैकारण तिनीहरू सबै किसिमका खराबी र दुष्‍टताले भरिएका छन्। तिनीहरूले लोभ र घृणा गर्छन्, अरूको डाहा गर्छन् र अरूलाई मार्छन्। तिनीहरू झगडा गर्छन्, छक्याउँछन् अनि झूटो बोल्‍छन्, एक-अर्काको चुक्‍ली लाउँछन्, अर्काको निन्‍दा गर्छन्। तिनीहरूले परमेश्‍वरलाई पनि घृणा गर्छन्, कसैलाई पनि इज्‍जत गर्दैनन् तर आफैं घमण्‍डले फुल्‍छन्, ठूलाठूला कुरा गर्छन्। अनि खराब कुराहरू खोजीखोजी निकाल्‍छन्। तिनीहरूले आमा-बुबाको कुरा मान्‍दैनन्। तिनीहरू मूर्ख छन् अनि गर्छु भनेका कुरा गर्दैनन्। तिनीहरू माया नभएका निर्दयी हुन्।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्