रोमी 1:22-25
रोमी 1:22-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिमान् छु भन्ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए, र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे। यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्। किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे।
रोमी 1:22-25 नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू आफू बुद्धिमान् हुने दाबी गरे तापनि मूर्ख नै बने। अनि अविनाशी परमेश्वरलाई महिमा दिनुको साटो जीवित मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गीहरू, पशुहरू र घस्रने जनावरहरूका मूर्तिहरूलाई महिमा दिए। यसकारण परमेश्वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो, ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्। तिनीहरूले परमेश्वरको सत्यतालाई त्यागेर झूटसँग स्वीकारे, र सृष्टिकर्ताको सट्टामा सृष्टि गरिएका थोकहरूको सेवा र आराधना गरे। सृष्टिकर्ता, जो सदा-सर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन!
रोमी 1:22-25 पवित्र बाइबल (NERV)
मानिसहरूले आफूलाई ज्ञानी भनेर ठाने अनि तिनीहरू मूर्ख बने। तिनीहरूले परमेश्वरको महिमा गर्न छोडिदिए जो अनन्त हुनुहुन्छ। तर परमेश्वरको महिमालाई संसारिक वस्तु जस्ता देखिने मूर्ति-पूजासँग साटे। मानिसहरूले परमेश्वरको महिमालाई चरा-चुरूङ्गी, पशुहरू र सर्पहरू जस्ता देखिने बनाइएका मूर्ति-पूजासँग साटे। मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे। ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैंद्वारा बनाइएका ती थोकहरूलाई पुज्न र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैँ हुनपर्छ। आमिन।
रोमी 1:22-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफैंलाई बुद्धिमानी भनी ठानेर तिनीहरू मूर्ख भए। तिनीहरूले परमेश्वरलाई आदर गर्नुपर्नेमा नाश हुने मानिस, पशु, चरा-चुरुङ्गी र घस्रिने जन्तुहरूका मूर्तिलाई पूजा गरे। तिनीहरूका हृदयले खोजेको घिनलाग्दो अवस्थामा नै परमेश्वरले तिनीहरूलाई छोडिदिनुभयो अनि तिनीहरूले आपसमा लाजलाग्दा कामहरू गरे। तिनीहरूले परमेश्वरको सत्यलाई झूटसँग साटे। सृष्टि गर्नुहुने र सधैँ आदर पाइरहनुपर्ने परमेश्वरलाई होइन तर उहाँले बनाउनुभएको चीजलाई तिनीहरूले पूजा र सेवा गरे।