रोमी 1:20-21
रोमी 1:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढ़ाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो।
रोमी 1:20-21 नेपाली समकालीन संस्करण (NCV)
किनकि परमेश्वरका अदृश्य गुणहरू, उहाँका अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएका छन्; र बनाइएका थोकहरूबाट बुझ्न सकिन्छ। यसैले मानिसहरूलाई परमेश्वरको विषयमा जान्न नसकिने कुनै पनि बहाना छैन। तिनीहरूले परमेश्वरलाई चिनेर पनि उहाँलाई परमेश्वरको रूपमा न महिमा दिए, न ता धन्यवाद नै दिए; बरु तिनीहरूका सोच व्यर्थ हुनगयो, र तिनीहरूका मूर्ख हृदयहरू अँध्यारा भए।
रोमी 1:20-21 पवित्र बाइबल (NERV)
परमेश्वरको विषयमा धेरै कुराहरू छन् जुन मानिसहरूले देख्न सक्तैनन् उहाँकै अनन्तको शक्ति र अन्य थोकहरू जसले उहाँलाई परमेश्वर भनि चिनाउँछ। तर संसारको शुरूदेखि नै ती सबै चीजहरू बुझ्न मानिसहरूलाई सजिलो छ। ती थोकहरू स्पष्ट छन् जुन परमेश्वरले बनाउनु भएको थियो। यसैले ती सबै मानिसहरू आफूले गरेको खराब कामहरूबाट परमेश्वरदेखि उम्कन पाउँदैनन्। मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो।
रोमी 1:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
संसारको सुरुदेखि नै उहाँले बनाउनुभएको कुराबाट मानिसहरूले परमेश्वरलाई जान्न सक्तछन्। परमेश्वरको सधैँ रहने शक्ति र ईश्वरीय स्वभावजस्ता नदेखिने गुणहरू पनि तिनीहरूले राम्ररी बुझ्न सक्छन्। त्यसो हुँदा तिनीहरूलाई कुनै बहाना गर्ने ठाउँ नै छैन। तिनीहरूले परमेश्वरलाई चिनेर पनि परमेश्वरलाई गर्नुपर्ने आदर गरेनन्, नता तिनीहरूले उहाँलाई धन्यवाद नै दिए, उल्टो तिनीहरू आफ्नै विचारमा काम नलाग्ने भए र तिनीहरूका खोक्रा हृदयचाहिँ अन्धकारले भरियो।