रोमी 1:19-20
रोमी 1:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनुभएको छ। उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।
रोमी 1:19-20 नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको विषयमा जान्न सकिने कुरा उनीहरूको अघि प्रष्ट छ, किनभने परमेश्वरले नै यो कुरा उनीहरूलाई प्रष्ट पारिदिनुभएको छ। किनकि परमेश्वरका अदृश्य गुणहरू, उहाँका अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएका छन्; र बनाइएका थोकहरूबाट बुझ्न सकिन्छ। यसैले मानिसहरूलाई परमेश्वरको विषयमा जान्न नसकिने कुनै पनि बहाना छैन।
रोमी 1:19-20 पवित्र बाइबल (NERV)
परमेश्वरले आफ्नो क्रोध देखाउनुभयो, किनभने उहाँको बारेमा जान्नुपर्ने प्रत्येक कुरो परमेश्वरले स्पष्टसित देखाइदिनु भएकोछ। हो, उहाँले आफ्नो बारेमा सबै कुराहरू स्पष्ट बताई दिइसक्नु भएकोछ। परमेश्वरको विषयमा धेरै कुराहरू छन् जुन मानिसहरूले देख्न सक्तैनन् उहाँकै अनन्तको शक्ति र अन्य थोकहरू जसले उहाँलाई परमेश्वर भनि चिनाउँछ। तर संसारको शुरूदेखि नै ती सबै चीजहरू बुझ्न मानिसहरूलाई सजिलो छ। ती थोकहरू स्पष्ट छन् जुन परमेश्वरले बनाउनु भएको थियो। यसैले ती सबै मानिसहरू आफूले गरेको खराब कामहरूबाट परमेश्वरदेखि उम्कन पाउँदैनन्।
रोमी 1:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुन्छ किनभने परमेश्वरको बारेमा मानिसले जान्नुपर्ने कुरा परमेश्वर आफैंले तिनीहरूलाई छर्लङ्ग हुने गरी देखाउनुभएको छ। संसारको सुरुदेखि नै उहाँले बनाउनुभएको कुराबाट मानिसहरूले परमेश्वरलाई जान्न सक्तछन्। परमेश्वरको सधैँ रहने शक्ति र ईश्वरीय स्वभावजस्ता नदेखिने गुणहरू पनि तिनीहरूले राम्ररी बुझ्न सक्छन्। त्यसो हुँदा तिनीहरूलाई कुनै बहाना गर्ने ठाउँ नै छैन।