प्रकाश 21:5-6
प्रकाश 21:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्याउँछु।” उहाँले यसो पनि भन्नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्।” उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।
प्रकाश 21:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।” उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा हुँ; आदि र अन्त्य म नै हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैँमा दिनेछु।
प्रकाश 21:5-6 पवित्र बाइबल (NERV)
उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु।” तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरू विश्वासयोग्य अनि सत्य छन्।” उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फोहराबाट सित्तैमा दिनेछु।
प्रकाश 21:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब सिंहासनमा विराजमान् हुनुहुने परमेश्वरले भन्नुभयो, “हेर! अब म सबै कुरा नयाँ बनाउँछु।” उहाँले मलाई यसो पनि भन्नुभयो, “यी कुरा लेख किनभने ती साँचा र विश्वास गर्न सकिने कुरा हुन्।” अनि उहाँले भन्नुभयो, “अब सबै काम पूरा भइसके! अल्फा र ओमेगा आदि र अन्त म नै हुँ। जस-जसलाई तिर्खा लाग्छ, तिनीहरूलाई म जीवनको पानीको मूलबाट सित्तैंमा पिउन दिनेछु।